बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो « Khabarhub

बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- इन्धनमा भएको अस्वाभाविक मूल्य वृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् ।  श्रीलंका लामो समयदेखि गहिरो आर्थिक सङ्कटमा फसेको छ । पछिल्लो समयमा पाकिस्तान र बंगलादेशमा उर्जा संकट देखिएको छ ।

विश्वव्यापी रूपमा ऊर्जाको बढ्दो मूल्यबिच ऊर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका छन् । जसअनुसार बंगलादेश सरकारले सपिङ मल, पसल, भान्सा बजार र व्यापारका अन्य स्थानहरू हरेक दिन बेलुका ८ बजेपछि बन्द राख्न अधिकारीहरूलाई आदेश दिएको छ ।

प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको हो । बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको पनि पत्रमा स्मरण गराइएको छ ।

पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तका सरकारले राति ९ बजेभित्र सबै व्यावसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको छ । पाकिस्तान सरकारले तोकेको सीमा लामो समयसम्म विद्युत् कटौतीबिच ऊर्जा संरक्षण गर्न सरकारले घोषणा गरेका उपायहरूको एउटा हिस्सा हो । ताप  लहरका कारण पछिल्लो समय पाकिस्तानमा ऊर्जा अभाव बढेको छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको छ । गत वर्ष डिसेम्बरमा प्रति ब्यारेल ६५ डलरमा बिक्री भएको कच्चा तेल मार्चमा मूल्य १२४ डलरमा उक्लिएको थियो । अहिले प्रति ब्यारेल करिब १२० डलरमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : २७ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा