महानगरको नीति तथा कार्यक्रममा समेटियो फिल्म, संगीत, नाटक  « Khabarhub

महानगरको नीति तथा कार्यक्रममा समेटियो फिल्म, संगीत, नाटक 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

आइतबार मेयर बालेन्द्र शाहले नगर सभाको ११ औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

‘सांस्कृतिक सहर समृद्ध नगर’ मूल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए  महानगरपालिकाले नीति तथा कार्यक्रममा फिल्म, संगीत, नाटक र कलाको पक्षलाई पनि समेटेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा मेयर शाहले काठमाडौँ सहरलाई अन्तर्राष्ट्रिय फिल्म, संगीत, कला र अन्य मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्नको लागि ब्रान्डिङ गर्न सम्बद्ध निकायसँग सहकार्य गर्ने उल्लेख गरेका छन् ।

आफ्नो चुनावी घोषणापत्रमा उल्लेखित एजेन्डालाई बालेनले नीति तथा कार्यक्रममा समेटेका हुन् । कला क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि काठमाडौं महानगर क्षेत्रभित्र डबलीको पुनर्स्थापना र एम्पी थिएटर निर्माण गर्ने डंगोलको योजना पनि नीति तथा कार्यक्रममा समावेश छ ।

साथै महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्द्धन गर्ने विषयका स्वदेशी तथा विदेशी फिल्म र नाटकको लागि निश्चित मापदण्डको आधारमा अनुदान प्रदान गरिने पनि उल्लेख छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ३४ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित