चेम्बर एक्स्पोमा बंगलादेशी फेसनका आयाम प्रस्तुत « Khabarhub

चेम्बर एक्स्पोमा बंगलादेशी फेसनका आयाम प्रस्तुत


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको प्रदर्शनीमार्गमा सञ्चालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ ।

शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसनअन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरु र्‍याम्पमाथि देख्न पाइयो ।

सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, सर्टस्, पन्जाबी स्टाइल, टिसर्टलगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमुनाहरू मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएका थिए ।

फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडौँस्थित बंगलादेशी दूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मोडलहरूको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो ।

बंगलादेश फेसन शोअन्तर्गत प्रस्तुत भएका फेसनशैलीहरूमध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरू थिए भने केही भने रेडी टू वेयर शैलीहरू थिए । आठ युवती तथा चार युवा मोडलको उक्त फेसन शो प्रस्तुतिलाई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा नेपालका लागि बंगालादेशी राजदूत सलाउद्दीन नोमान चौधरीलगायत बंगालादेशी दूतावास तथा नेपाल चेम्बर अफ कमर्सका आमन्त्रितहरूको विशेष उपस्थिति थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ३० बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित