सेयर बजार १८८४ बिन्दुमा झरेर बन्द, साढे दुई वर्षअघिकै अवस्थामा आइपुग्यो नेप्से « Khabarhub

सेयर बजार १८८४ बिन्दुमा झरेर बन्द, साढे दुई वर्षअघिकै अवस्थामा आइपुग्यो नेप्से


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीव्र गतिमा ओर्लिएको सेयर बजारले सोमबार अघिल्लो बुलको उच्चतम विन्दुलाई परीक्षण गरेको छ। दोहोरो अंकले घट्दा परिसूचक १८८४.८१ को विन्दुमा बन्द हुन पुगेको हो । पछिल्लो बुलिस मुभमा सेयर बजारले १८८८ सम्मको यात्रा तय गरेको थियो।

यो विन्दु नजिक परिसूचकको प्रभावशाली टेवा रहेको अनुमान अधिकांश बजारले गरिरहेको छ। यद्यपि सोमबार सेयर बजारको उतारचढाव दौरान परिसूचक १८८० को विन्दुसम्म ओर्लिन पुग्यो। कारोबारको सुरुवातमै हाबी भएको बिक्री चापले परिसूचक अनुमानित टेवा विन्दुभन्दा तल आए लगत्तै झन् तीव्रता पायो।

सेयर बजारको अपत्यारिलो प्रवृत्तिले लगानीकर्तामा अन्योल थपेको छ। तीन दशक लामो मुलुकको सेयर इतिहासमा बजारले अघिल्लो बुलिस हाइमा आफ्नो मेजर सपोर्ट बनाउने गरेको छ। बारम्बार दोहोरिएको उक्त व्यवहार यसपटक सार्थक हुने अथवा नहुने लगानीकर्तामाझ अन्योल सिर्जना गरेको छ।

पछिल्ला साइकलमा यस विन्दु नजिकिए लगत्तै सेयर बजारमा खरिदकर्ताको सक्रिय प्रदर्शनी देखिने गरेको थियो । पर्याप्त ‘एक्युमुलेसन’ले बजारको ट्रेन्ड रिभर्स नै गर्ने गरेको थियो । यद्यपि यस डिमान्ड जोनमा ‘डीस्टिब्युसन’ को अनुपात ‘एक्युमुलेसन’को तुलनामा अधिक हुँदा, बजारको घट्दो लयले थप निरन्तरता पाउने गर्थ्यो।

डिमान्ड जोनमै आइपुगेको परिसूचकमा अझै पनि आवश्यक ‘एक्युमुलेसन’ भेटिंदैन । परिणामस्वरूप ४९.३१ अंकको पहिरो सोमबारको सेयर बजारमा गयो। विशेषगरी बजेट सार्वजनिक भए लगत्तै बजारको गिरावटले तीव्रता पाएको देखिन्छ । बजेटअघि पनि बजार घट्ने गरेको थियो। तर बजेटपछि भने बजार निरन्तर ओरालो लाग्दै छ।

अपवाद बनेका केही कारोबारबाहेक बजेटपछिका कारोबारमा बजार प्रायः रातो पोतेर नै बिदा हुने गरेको छ। बजेट सार्वजनिक भएपछि मात्र सेयर बजार साढे ३०० अंक अधिकले ओर्लिसकेको छ। सोमबारको बजार डेढ वर्षयताकै कमजोरसमेत हो।

यसै दौरान सेयर बजार निरन्तर घटेपछि लगानीकर्ता आन्दोलनमा समेत उत्रिएका छन्। उनीहरुले बजार सुधारका लागि केन्द्रीय बैंक र सरकारसँग माग राखेका छन्। उनीहरुको मागको सुनुवाइमा भने दुवै निकायले चासो देखाएका छैनन्। अर्थ मन्त्रालयले चार सदस्यीय एक समिति बनाएको छ, तर अहिलेसम्म यसले काम थालेको छैन।

बजारको स्थायित्व कायम गर्न भन्दै लगानीकर्ता सडकमा प्रदर्शनी गर्दै गर्दा कारोबारको दायरासमेत साँघुरिएको छ। कारोबार पूर्णतया सेलिङ प्रेसरको अधिनमा बढेको हो। कारोबार खुले लगत्तै तीव्र गतिले बजार घट्दा घाटा बहन गर्न नसक्नेहरूको जमात सक्रिय देखिन्छ। सोमबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरका कुल ६१ लाख ८६ हजार कित्ता किनबेच भएका हुन्।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : २६ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित