नक्कली जारको पानी बेच्ने प्रहरीको फन्दामा, १९७ जार बरामद « Khabarhub

नक्कली जारको पानी बेच्ने प्रहरीको फन्दामा, १९७ जार बरामद


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्य कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेच्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अरु कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेचेको आरोपमा प्रहरीले सर्लाही लालबन्दीका आशिष कार्की र चितवन रत्ननगरका किरण श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको सथबाट दुईवटा डीआई गाडी र १९७ वटा पानीको जार समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँको कलंकी सडक खण्डमा उनीहरुले अन्य कम्पनीको ट्रेडमार्क रहेको पानी बिक्री गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति एवम् बरामद सामानहरुलाई आवश्यक अनुसन्धान एवम् थप कारवाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग पठाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ०० बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ