सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पुर्पक्षका लागि थुनामा « Khabarhub

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पुर्पक्षका लागि थुनामा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले सुन्दरी प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अदालतले पाण्डेलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश आदेश दिएको हो।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक रहेका पाण्डेले ८ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षे एक किशोरीलाई बलात्कार गरेको आरोप लगाउँदै किशोरीले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेपछि गत जेठ ७ गते पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो। पीडित युवतीले गत जेठ ४ गते सार्वजनिक गरेको भिडियो सन्देशमा सक्सेस पार्टीका लागि पाण्डेले काठमाडौंको एक होटलमा बोलाएर कुराएको र केही समयमा कोठामा लगेर बलात्कार गरेको आरोप लगाइएको थियो।

पक्राउमा परेका पाण्डेविरुद्ध प्रहरीको अनुसन्धानपछि काठमाडौं सरकारी वकिलको कार्यालयले यौन दुर्व्यवहार र मानव बेचविखनको अभियोगमा १० देखि १५ वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँ क्षतिपूर्तिको दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। बहसपछि जिल्ला अदालत काठमाडौँले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ०० बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ