‘समस्या समाधानमा सबैको समन्वय आवश्यक’ : मेयर साह « Khabarhub

‘समस्या समाधानमा सबैको समन्वय आवश्यक’ : मेयर साह


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले  उपत्यकाको सडक व्यवस्थित गर्नका लागि एक अर्कामा सहकार्य समन्वयमा काम गर्नुपर्ने बताएका छन्।  सोमबार पूर्वाधार  विकास समन्वय बैठकमा बोल्दै सो कुरा बताएका हुन्।  

हाल एउटाले बनाउने अर्काले भत्काउने गर्दा समस्या देखिएको उनको भनाइ थियो ।  सो समस्या  समाधान गर्नका लागि  खानेपानी, सडक विभाग, मेलम्ची, खानेपानी साथै काठमाडौं महानगरपालिकाको काम छुट्याएर आफ्नो काम आफैँले गर्नुपर्ने उनको भनाइ थियो। जनताका गुनासो आएमा  मेरो कार्यक्षेत्र होइन नभनी समन्वय गरी काम गर्छौ भन्ने जानकारी जनतालाई दिन आग्रह गरेका थिए। 

त्यस्तैगरी काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले  विकासका लागि  समन्वय सहकार्य गर्नू पर्ने अत्यावश्यक  रहेको बताएकी छिन्।  पूर्वाधार  विकास  समन्वयको  पहिलो बैठकमा समस्याको जानकारी भएको र अर्को बैठकमा कामको रिजल्ट आउने  बताइन्। 

काठमाडौँ महानगरपालिकाको बजेट १० असारमा सार्वजनिक हुँदै छ । अरू निकायले गरेको काम महानगरको बजेटमा  समेटिन सक्छ जसलाई समाधान गर्नका लागि काम विभाजन गर्न जरुरी भएको उनको भनाइ थियो। पानीको चुहावटले समस्या भएको सडक सडक मर्मत गरिरहेको सडक विभागका विजय जैसीले बताए।  त्यस्तैगरी, र्‍यापिड टिम बनाएर काम गर्दै आएको केयुकेएलले बताएका थियो प्रमुख मिलन कुमार शाक्यको भनाइ  थियो।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : २३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना