पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियुको माग « Khabarhub

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियुको माग


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न आग्रह गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति निकाल्दै पेट्रोलिय पदार्थको मूल्य फिर्ता गर्न आग्रह गरेकी छिन् ।

सरकारले गए राति १२ बजेदेखि पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएर पेट्रोलको मूल्य प्रतिलिटर रु १९९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १९२ कायम गरेको छ ।

“जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्षरूपमा गाँसिएको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच अनेरास्ववियुले मूल्य वृद्धिको विरोधमा आज साँझ त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रर्दशन गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : ४१ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ