सार्वजनिक विदा आइतबार हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी: आयल निगम « Khabarhub

सार्वजनिक विदा आइतबार हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी: आयल निगम


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले जेठ महिनामा आइतबार विदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ ।

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिए ।

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ ।

जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ । सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो । सरकारले असार १ देखि आइतबारको विदा कटौती गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : १४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना