डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध | Khabarhub Khabarhub

डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।

रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, ‘अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ ।’

आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन् ।

गए रातिदेखि हालसम्म पानी निरन्तर परिरहको छ । लेदोसमेत बगिरहेको छ । पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : ३७ बजे

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।

डेढ दशकदेखि खानेपानी आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ३ सिसाखानीमा खानेपानी आयोजना सुरु भएको

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

म्याग्दी– लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट