अशोक राई एमालेतिर जान लागेपछि जसपामा किचलो, रेणुसहित यी नेता उपेन्द्रको पार्टीमा फर्किँदै « Khabarhub

अशोक राई एमालेतिर जान लागेपछि जसपामा किचलो, रेणुसहित यी नेता उपेन्द्रको पार्टीमा फर्किँदै


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेकपा एमालेसँग एकता गर्न लागेपछि नेताहरू बिच्किएका छन् ।

मधेसवादी दलसँग एकता गर्ने कि कम्युनिस्ट पार्टीसँग एकता गर्ने विषयमा नेताहरू दुई धारमा विभाजित छन् । यहीकारण अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुट्न लागेको हो।

गत वैशाखमा अशोक राई र उपेन्द्र यादवबीच टकराव हुँदा जसपा नेपाल फुटेर अशोक राईले जनता समाजवादी पार्टी बनाएका थिए।

तर अहिले एमालेसँग राई पक्ष निरन्तर संवादमा छ। जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानसँग पनि राई सम्पर्कमा छन् । तर निकटहरूका अनुसार राई एमालेमा फर्किने तयारीमा छन्।

‘अशोक राईको जसपा हाम्रोमा फर्किने तयारीमा हुनुहुन्छ’, एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले भने, ‘उहाँहरूसँग छलफल भइरहेको छ।’

राई पक्षले एमालेमा फर्किने निर्णयमा पुग्दा मधेस पृष्ठभूमिका नेताहरू पुरानो पार्टी जसपा नेपालमा फर्किने तयारीमा रहेको बुझिएको छ ।

आइतबार साँझ उपेन्द्र यादवको जनता समाजवादी पार्टी र महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी एकीकरण गरेपछि नेताहरू त्यसमै फर्किन लागेका हुन्।

दुई पार्टीको एकतापछि जसपामा फर्किन तयार प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महातो लगायतका नेताहरू रहेका छन्।

उनीहरू मधेसीरका जिल्लामा सभा गरेर जनता समाजवादी पार्टी र लोसपाको एकीकरणसँगै पुरानो पार्टीमा फर्किने तयारीमा रहेको जसपा नेपालका नेता बताउछ्न ।

रेणुको सचिवालयले दिएको जानकारी अनुसार बहुमत नेताहरू पार्टी एकीकरणको अभियानमा छन्।

केही समय अगाडि खबरहबसँगको कुराकानीमा नेता प्रदीप यादवले मधेसी दल र शक्तिहरूलाई बिथोल्ने एकतामा आफू सरिक नहुने बताएका थिए।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ११ : ४७ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा