एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरूले खोज्न पर्‍यो : सांसद महत  « Khabarhub

एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरूले खोज्न पर्‍यो : सांसद महत 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद गजेन्द्र बहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना केन्द्रीय विभागको सदस्य एम अधिकारीको खोजी गर्न सम्पूर्ण अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरूले नै उनको खोजी गर्नुपर्ने बताएका हुन् ।

‘हाम्रो गाउँघरतिर कुखुराको चल्ला हराए पनि खोजी हुन्छ, यहाँ सबैभन्दा ठूलो पार्टीको महत्त्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी अहिले न सरकार गर्छ, न प्रतिपक्षी गर्छ । मैले अनौठो मानिरहेको छु,’ उनले भने ।

सरकार एम अधिकारीको खोजी गर्ने जिम्मा विद्यार्थीलाई दिएको उनले जनाए । प्रतिपक्षी दल एमाले भने आफ्नो महत्त्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामरा खोज्दै हिडेको आरोप उनले लगाए ।

‘यहाँ कस्तो विडम्बना छ भने सीसी क्यामरा खोज्ने समिति बनेको छ, तर महत्त्वपूर्ण मान्छे खोज्न समिति बनेको छैन । अब यो कसले खोजी दिने ?,’ उनले प्रश्न गरे ।

सरकार र प्रतिपक्षी दलले बेवास्ता गरेका कारण अब एम अधिकारीको खोजीमा अधिकारी थर भएको सबै लाग्नु पर्ने उनले बताए ।

‘हाम्रो गाउँघरमा महत थरको मान्छे हरायो भने त्यो अरूको जिम्मा हुँदैन, महत थरकै मान्छेहरू खोज्छन् । हरायो भने अपुताली खाने जिम्मा पनि महतहरूकै हुन्छ, खोज्न काम पनि उनीहरूकै हुन्छ । यहाँ एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरूले खोज्न पर्‍यो । अरू कसलाई भनूँ म, अब यो खोज्ने जिम्मा अधिकारी थर भएकालाई दिनुपर्‍यो,’ उनले भने ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ५० बजे

निकुञ्जभित्र सडकमा मोज्याकको काम सुरु

चितवन– विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन

सामुदायिक कुकुरको स्याहार संरक्षणमा बिते ‘ज्योति’ का सात वर्ष

वालिङ– एक महिलाले विगत सात वर्षदेखि निरन्तर रुपमा सडकमा हिँड्ने

कांग्रेसले १६५ क्षेत्रमा खटाएका निर्वाचन कमाण्डरले के काम गर्छन् ?

काठमाडौं – नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई

जलेश्वरमा १२० करोडको लागतमा पाँचतारे होटल निर्माण हुने

जनकपुरधाम– महोत्तरीको जलेश्वरस्थित प्रकौलीमा १२० करोड रुपैयाँको लागतमा अत्याधुनिक पाँचतारे होटल

दैनिक १३ लाख मतपत्र छापिँदै

भक्तपुर– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१