एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरूले खोज्न पर्‍यो : सांसद महत  « Khabarhub

एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरूले खोज्न पर्‍यो : सांसद महत 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद गजेन्द्र बहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना केन्द्रीय विभागको सदस्य एम अधिकारीको खोजी गर्न सम्पूर्ण अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरूले नै उनको खोजी गर्नुपर्ने बताएका हुन् ।

‘हाम्रो गाउँघरतिर कुखुराको चल्ला हराए पनि खोजी हुन्छ, यहाँ सबैभन्दा ठूलो पार्टीको महत्त्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी अहिले न सरकार गर्छ, न प्रतिपक्षी गर्छ । मैले अनौठो मानिरहेको छु,’ उनले भने ।

सरकार एम अधिकारीको खोजी गर्ने जिम्मा विद्यार्थीलाई दिएको उनले जनाए । प्रतिपक्षी दल एमाले भने आफ्नो महत्त्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामरा खोज्दै हिडेको आरोप उनले लगाए ।

‘यहाँ कस्तो विडम्बना छ भने सीसी क्यामरा खोज्ने समिति बनेको छ, तर महत्त्वपूर्ण मान्छे खोज्न समिति बनेको छैन । अब यो कसले खोजी दिने ?,’ उनले प्रश्न गरे ।

सरकार र प्रतिपक्षी दलले बेवास्ता गरेका कारण अब एम अधिकारीको खोजीमा अधिकारी थर भएको सबै लाग्नु पर्ने उनले बताए ।

‘हाम्रो गाउँघरमा महत थरको मान्छे हरायो भने त्यो अरूको जिम्मा हुँदैन, महत थरकै मान्छेहरू खोज्छन् । हरायो भने अपुताली खाने जिम्मा पनि महतहरूकै हुन्छ, खोज्न काम पनि उनीहरूकै हुन्छ । यहाँ एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरूले खोज्न पर्‍यो । अरू कसलाई भनूँ म, अब यो खोज्ने जिम्मा अधिकारी थर भएकालाई दिनुपर्‍यो,’ उनले भने ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ५० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ