बढ्दो कोरोना सङ्क्रमणबीच अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा मास्क लगाउन आग्रह | Khabarhub Khabarhub

बढ्दो कोरोना सङ्क्रमणबीच अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा मास्क लगाउन आग्रह


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशमा बढ्दो कोरोना सङ्क्रमणका बीच अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन् ।

पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा प्रधानमन्त्री अल्बानीजले देशबासीलाई मास्क लगाउन आग्रह गरेका हुन् ।

देशका स्वास्थ्य अधिकारीले राष्ट्रव्यापी मास्क लगाउनुपर्ने आदेश फिर्ता लिन सिफारिस नगरेका जनाउँदै उनले मास्क लगाउने बानी व्यवहारलाई सरकारले प्रोत्साहन गरेको बताए । उनले बुस्टर खोप लगाउन, मास्क लगाउन तथा बिरामी भएमा नै बस्न पनि आग्रह गरे ।

पछिल्लो विवरणअनुसार अष्टे«लियामा हालसम्म अठासी लाख ५० हजार तीनसय ४३ कोरोनाबाट सङ्क्रमित भएका छन् भने दश हजार सातसय ९४ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ४७ हजार सातसय ५६ पुगेको छ । पाँचलाख नागरिकले कोभिड–१९ विरुद्धको चौथो खोप लगाइसकेका छन् ।

वरिष्ठ चिकित्सकको निकाय अष्ट्रेलियाली मेडिकल एसोसिएसन (एएमए) ले मास्क अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ भने बिरामीको बढ्दो चापका कारण अस्पताल भरिभराउ भएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : ५१ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको