विदेश जानेले अब २०० अमेरिकी डलर मात्रै सटही सुविधा पाउने « Khabarhub

विदेश जानेले अब २०० अमेरिकी डलर मात्रै सटही सुविधा पाउने


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन ।

नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम २०० अमेरिकी डलरसम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पोडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ४ : २४ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल