चीनमा लामखुट्टेले टोकेको रगतको डीएएनएबाट चोर पक्राउ « Khabarhub

चीनमा लामखुट्टेले टोकेको रगतको डीएएनएबाट चोर पक्राउ


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा प्रहरीले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ । चोरले घरबाट निस्कने क्रममा लामखुट्टेलाई मारेको थियो ।

रिपोर्टअनुसार उक्त घटना फुजियान प्रान्तको फुझोउमा ११ जुनमा भएको थियो । घरमा पुग्दा ढोका भित्रबाट बन्द भएको र बालकोनीबाट चोर अपार्टमेन्टमा पसेको प्रहरीले जनाएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चोरले धेरै बहुमूल्य बस्तु चोरेको थियो । किचनमा केही चाउचाउ र अन्डा फेला पारेपछि चोर उक्त घरमा रात बिताएको थियो ।

प्रहरीले पर्खालबाट सावधानीपूर्वक रगतको नमूना निकालेर डीएनए विश्लेषणको लागि पठाएको थियो । डीएनए नमूनाहरू आपराधिक रेकर्ड भएका छाइ उपनामका संदिग्ध व्यक्तिको भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीको नयाँ जुक्तिले चिनियाँ सामाजिक सञ्जालका प्रयोगकर्ता दंग परेका छन् । उनीहरूले विच्याटमा अनगिन्ति टिप्पणी गरेका छन् । ‘उसले घटनास्थलमा रात बिताउने हिम्मत कसरी गर्यो ? यो व्यक्तिलाई साँच्चै गम्भीर मनोवैज्ञानिक समस्याहरू छन्’, एक प्रयोगकर्ताले टिप्पणी गरे ।

‘यो लामखुट्टेको बदला हो । लामखुट्टे बेकार हो भन्ने मेरो सोचाइ गलत रहेछ’ अर्काले टिप्पणी गरेका छन् । ग्लोबल टाइम्सका अनुसार अपराध गरेको १९ दिनपछि उक्त चोर पक्राउ परेको थियो । उनले यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ४५ बजे

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो