‘जनअधिकार सुनिश्चितताका लागि मुलुकमा संघीयता आवश्यक’ « Khabarhub

‘जनअधिकार सुनिश्चितताका लागि मुलुकमा संघीयता आवश्यक’


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनअधिकार सुनिश्चितताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । जनसरोकार अभियानद्वारा काठमाडौँमा आयोजित ‘सङ्घीयता : भ्रम र यथार्थ’ विषयक बहसका वक्ताहरूले कतिपयमा सङ्घीयताबारे भ्रम उत्पन्न भएको उल्लेख गर्दै मुलुकको पहिचान, संस्कृति, मूल्य मान्यताका आधारमा सङ्घीयता स्थापना भएको बताएका हुन् ।

कार्यक्रममा लेखक तथा राजनीतिक विष्लेषक श्याम श्रेष्ठले नेतृत्व गर्ने व्यक्तिको कमजोरीका कारण सङ्घीयताबारे भ्रम उठ्न खाजेको बताउँदै सङ्घीयता देशको आवश्यकता भएको बताए । उनले जनताका सेवा सुविधालाई गाउँगाउँमै सहजरूपमा पु¥याउनका लागि सङ्घीयताको महत्व बढी रहेको बताए । जनसहभागिता हुने उच्च खालको व्यवस्था नै सङ्घीयता भएको र पहिचान, संस्कृति, मूल्य मान्यताका कारण उक्त व्यवस्था आजको आवश्यकता रहेको उनको भनाइ छ।

बहसमा सहभागी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घीयताको विषयमा अहिले नै सफल या असफल भएको भनेर छलफल गर्नुपर्ने बेला नभएको बताए । उनले २०-२५ वर्ष अभ्यास भएपछि मात्रै यसबारेमा विष्लेषण गर्नुपर्नेमा जोड थियो । सङ्घीयताले मुलुकका ७५३ पालिकाका जनता लाभान्वित भएका र तल्लो तहका जनताले पनि प्रत्यक्षरुपमा निगरानी गर्न सकेकाले आर्थिक पारदर्शीता निर्माण गर्न सकिएको उनको भनाइ थियो । उनका अनुसार संघीयताले मुलुकमा अहिले सुशासनको प्रत्याभूति पनि दिलाएको छ ।

उक्त कार्यक्रमका संयोजक अनिल शर्माले सङ्घीयताका सवालमा देखिएको भ्रम निवारणका लागि यसरी कार्यक्रम आयोजना गरिएको बताए । उनले सङ्घीयता मुलुकको पहिचान भएकाले नागरिकका अधिकार सुनिश्चितताका लागि आवश्यक भएको बताए । जनसरोकार अभियानका अभियन्ता सविन सिग्देलले सङ्घीयताबारे युवा वर्गमा उब्जिएको भ्रम चिर्न उक्त कार्यक्रम गरिएको बताए । तीन वर्षअघि सक्रिय रहेको अभियानले राष्ट्रिय पहिचानका विषयमा निरन्तर बहस चलाउँदै आएको पनि सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : १६ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा