कपिलवस्तुमा सवारी साधनको ठक्करबाट दुई जनाको मृत्यु | Khabarhub Khabarhub

कपिलवस्तुमा सवारी साधनको ठक्करबाट दुई जनाको मृत्यु


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कपिलवस्तुमा सवारी साधनको ठक्करबाट आज दुई जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगङ्गा–१० मा बालिकाको मृत्यु भएको छ ।

आज बा ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए ।

त्यसैगरी, वाणगङ्गा नगरपालिका–१० भावपुरमा लु२च ४०५२ नम्बरको भ्यानले ठक्कर दिँदा नौ वर्षीय एन्जला पौडेलको मृत्यु भएको छ । बालिकाले बाटो काट्दै गर्दा भ्यानले ठक्कर दिएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : २७ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध