सुडानमा भएको जातीय भिडन्तमा परी मृत्यु हुनेको संख्या १०५ पुग्यो « Khabarhub

सुडानमा भएको जातीय भिडन्तमा परी मृत्यु हुनेको संख्या १०५ पुग्यो


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बुधबार बताएका छन् ।

जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा लडाइँ हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका हुन् ।

राज्य स्वास्थ्य मन्त्री जमाल नासरले एएफपीसँग राजधानी अल–दमाजिनबाट टेलिफोनमार्फत दिएको जानकारीमा भने, “अहिले स्थिति शान्त भएको छ । सेनाको तैनाथीले शनिबारदेखि लडाइँलाई कम गरेको छ ।”

विशेष गरी दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारहरूले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईवस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक यस्ता घातक झडपहरू हुन्छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ३४ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,