युरेनियमजस्तो देखिने पदार्थसहित १५ जना पक्राउ « Khabarhub

युरेनियमजस्तो देखिने पदार्थसहित १५ जना पक्राउ


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरेनियम जस्तो देखिने पदार्थसहित दुई वटा गिरोहका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

छुट्टाछुट्टै स्थानबाट दुईवटा समूहलाई प्रहरीले पक्राउ गरेको हो । विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गत साउन १ गते एक किलो ८७ दशमलव ३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चोकबाट ८ जना र साउन ३ गते विराटनगर महानगरपालिका– ३ स्थित दूध फारम नजिकैबाट ९ सय ७ दशमलव ६ ग्रामसहित सात जनालाई पक्राउ गरिएको जनाएको हो ।

उनीहरुको साथबाट बरामद भएको वस्तु परीक्षणका लागि पठाइएको र मुख्य नाइकेको खोजी भइरहेको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ०० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल