विदेशी पर्यटक बढेपछि उत्साहित पर्यटन बजार | Khabarhub Khabarhub

विदेशी पर्यटक बढेपछि उत्साहित पर्यटन बजार

गोसाइँकुण्ड र बडिमालिकाले देखायो नयाँ गन्तव्यको आकर्षण


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीको भ्याक्सिन प्रभावकारी बनेपछि नेपाल आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । छिमेकी देश भारत र चीनबाटै पर्यटक संख्या बढेपछि नेपाली पर्यटन बजार चलायमान बनेको छ । यो अवस्थाले आउँदो दशैँमा नेपाली पर्यटन बजार उत्साहित बन्ने निश्चित भएको छ ।

लगातार दुई वर्ष कोरोना महामारीले ठप्प बनेको पर्यटन क्षेत्र संकटमा थियो । दोस्रो र तेस्रो लहरको असर भयानक बनेपछि पर्यटन बजार सबैभन्दा ठूलो मारमा परेपछि  ठूला गतिविधि हुन सकेका थिएनन् ।

तेस्रो लहरसँगसँगै आएको कोभिड भ्याक्सिनले काम गरेपछि अहिले कोरोनाको असर औसत छ । यस्तो अवस्थामा सबैभन्दा धेरै पर्यटन बजार फस्टाएको नेपालमा पर्यटन गतिविधि बढेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्ला महिनामा मात्रै झण्डै तीन लाख विदेशी पर्यटक नेपाल आएका छन् ।

जसमा सबैभन्दा धेरै भारतबाट पर्यटक आउँदा युरोप, अमेरिका र अष्ट्रेलियाबाट पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् । नयाँ अंग्रेजी वर्षको ७ महिना क्रमश विदेशी पर्यटकको संख्या बढ्दो छ । जसले गर्दा आउँदो दशैँमा पर्यटन बजार उत्साहित हुने र व्यापार बढ्ने अनुमान गर्न सकिन्छ ।

७ महिनामा कति विदेशी पर्यटक आए ?

विस्तारै पर्यटक आगमन बढिरहदा पछिल्लो ७ महिनामा नेपालमा झण्डै तीन लाख बढी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डबाट उपलब्ध गएको जनवरीदेखि जुलाईसम्मको तथ्यांक केलाउँदा ७ महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक नेपाल आएका छन् ।

सुरुका दुई महिना जनवरी र फेब्रुअरीमा जम्मा ३६ पर्यटक नेपाल आउँदा तेस्रो महिना मार्चमा दोब्बरले बढेर झण्डै ४५ हजार पर्यटक नेपाल आएका थिए । यो संख्या क्रमशः उकालो लाग्दै जाँदा अहिले प्राय मासिक ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आइरहेका छन् ।

अप्रिल महिनामा ६२ हजार पर्यटक नेपाल आउँदा मे महिनामा ५२ हजार विदेशी पर्यटकले नेपाल घुमेको तथ्यांक पर्यटन बोर्डले उपलब्ध गराएको छ । यस्तै जुन महिनामा ४७ पर्यटक भित्रिदा गएको जुलाई महिना भने ४५ हजार पर्यटक नेपाल आएका थिए ।

अगस्ट महिनाको रिपोर्ट आउन बाँकी छ । अगस्टको पर्यटक आगमन गतिविधि पनि उत्साहजनक रहेको पर्यटन व्यवसायीले बताएका छन् । पछिल्लो समय भारत, चीन, युरोप र अमेरिकाबाट पर्यटक आउन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

कतिपय विदेशी पर्यटकले अग्रिम बुकिङ गराउन थालेका छन् । यसले झन् बढी उत्साह थपेको होटल व्यवसायीहरुको भनाइ छ । नेपालमा विदेशी पर्यटकको सख्ंया बढेपछि पर्यटन क्षेत्र चलायमान बनेको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने बताउँछन् ।

‘नेपाल पर्यटकको संख्या बढ्दै गएको छ । हाम्रै तथ्यांकले पनि देखाएको रेकर्ड हेर्दा अब नेपाली पर्यटन बजार चलायमान बन्न थालेको छ,’ उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भन्न थालेका छन्, ‘सरकार र निजी क्षेत्र पर्यटन गतिविधिमा लागिरहँदा अब उत्साहित हुने बेला आएको छ । यस वर्षको दशैँमा राम्रै पर्यटन चहलपहल हुन्छ ।’

नेपालमा प्राय विदेशी पर्यटक काठमाडौँ उपत्यका, सगरमाथा, अन्नपूर्ण आधार शिविर, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, पोखरा लुम्बिनीलाई मुख्य प्राथमिकतामा राखेर आउने गरेका छन् ।

फस्टाउँदै आन्तरिक पर्यटन, बढ्दो आकर्षण

पछिल्लो समय विदेशी पर्यटक कमै आउँदा नेपाली पर्यटन बजार आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ । मौसम, समय, सरकारी बिदा र घुमघामको समयमा आन्तरिक पर्यटकले पयर्पटकीय क्षेत्र भरिभराउ हुन थालेका छन् ।

जसको पछिल्लो उदाहरण हुन्, बडिमालिका र गोसाइँकुण्ड । बडिमालिका सुदूरपश्चिमको आकर्षक पर्यटकीय गन्तव्य हो । अपार सम्भावना बोकेको यो पर्यटकीय क्षेत्रको हरियाली विश्वकै लोभलाग्दो क्षेत्र अन्तर्गतमा पर्छ । तर, होटल नहुँदा बडिमालिका क्षेत्र ओझेलमा छ । अहिले त्यहाँ केही होमस्टे थपिएका छन् । जुन पर्याप्त नभए पनि बडिमालिका क्षेत्रको पर्यटनबारे बाहिर चर्चा र बहस हुन थालेको छ । यस वर्ष जनैपूर्णिमाको दिन मेला भर्न बडिमालिकामा हजारौँको सहभागिता थियो ।

जसले बडिमालिकाको सुन्दरता प्रचारप्रसारमा सघाउ पुगेको छ । यस्तै यस वर्ष गोसाइँकुण्डमा पनि ठूलो मेला लाग्यो । जनैपूर्णिमाको दिन हजारौ व्यक्ति गोसाइँकुण्ड पुगेँ । जुन चर्चामा आयो । सयौँ मान्छे सदरमुकाम धुन्चेबाट हिँडेरै गोसाइँकुण्ड पुगेका थिए ।

उसो त बडिमालिका पुग्न पनि डोटीबाट हिड्नुपर्छ । हिँडेरै पुगिने यी दुई गन्तव्यमा यस वर्ष ठूलो भीड लाग्यो । यसले आन्तरिक पर्यटन बजार फस्टाएको छ । यसरी ठूलो भीड लागेको अर्को पर्यटकीय गन्तव्य हो, दैलेखको महाबु । महाबुमा पनि यस वर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको थियो ।

जसले आन्तरिक पर्पटकको चहलपहलले गर्दा पनि नेपालको पर्यटकीय क्षेत्र चलायमान बनेको छ । तर, ठूलो लगानीमा खुलेका होटल र बनेका संरचनामा भने विदेशी पर्यटकको पाइला पर्दा पनि यस वर्ष पर्यटक उत्साहित भएका छन् । यो नेपाली पर्यटन बजारका लागि खुशीको कुरा हो ।

पर्यटक आवागमन बढ्दा संरचना भने उस्तै छ । जसकारण आन्तरिक पर्यटन बजार फस्टाउन सकेको छैन । अहिले जसरी आन्तरिक पर्यटकको आकर्षण बढेको छ, त्योअनुसार संरचना विकास नहुँदा पर्यटन क्षेत्र अझै पनि सरकारको प्राथमिकतामा नपरेको हो कि भन्ने गुनासो पर्यटन व्यवसायीको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ८ : ०७ बजे

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष