आज २०७९ साल भदौ ४ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल भदौ ४ गते शनिबारको राशिफल


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ ४ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : प्रेममा सफलता मिल्नेछ। दैनिकी सहज हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ। आफन्तबाट नै जोगिनुपर्ने समय छ।

वृष : बोलीका कारण कटुता बढ्ने भएकाले बोल्दा ख्याल गर्नुहोला। शैक्षिक क्षेत्रमा धेरै राम्रो छ। प्रेममा भने धोका पाइनेछ।

मिथुन : घर सामाजमा प्रभाव बढ्नेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी बढ्नेछन्। धार्मिक क्षेत्रबाट लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा राम्रो छ। प्रेममा सफलता मिल्नेछ।

कर्कट : उत्साह बढ्नेछ। दम्पत्तिले मिलेर गरेको कामबाट ठूलो फाइदा मिल्नेछ। पन्छीलाई अन्न दान गरे लाभ मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आम्दानी हुनेछ। श्रीमान श्रीमतीबीचको सम्बन्ध सुमधुर रहनेछ।

कन्या : प्रतिस्पर्धी निस्तेज हुनेछन्। राजनीतिमा नाम, दाम र सम्मान मिल्नेछ। विद्या, वुद्धि र परिवारको माध्यमबाट गर्ने काममा सफलता मिल्नेछ।

तुला : मानसम्मान बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। अरु क्षेत्र यथावत छ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ।

वृश्चिक : आफ्नै दैनिकीबाहेक नयाँ कामको थालनी नगरेकै राम्रो छ। लामो यात्रा पनि ननिस्कनुहोला। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो लाभ मिल्नेछ।

धनु : सोचेका काम पूरा हुनेछन्। शिक्षा, स्वास्थ्य, राजनीति र सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। गणेश भगवानलाई दुबो चढाएर अघि बढे सफलता मिल्नेछ।

मकर : धार्मिक, आर्थिक, सामाजिक, राजनीति क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेममा धोका हुनेछ।

कुम्भ : पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए नतिजा राम्रो मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक नतिजा मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

मीन : आफ्नाबाट सहयोग नमिलेपनि बाहिरबाट सहयोग मिल्नेछ। अरु क्षेत्रमा दैनिकी राम्रो छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ५ : ३७ बजे

सुदन किराती भन्छन्ः हामी ढुंगाखानीभित्र बाटो खोजी रहेका छौं

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको

बञ्चरे डाँडामा राति पनि फोहोर व्यवस्थापन गरिँदै, जोडिँदैछ बत्ती

काठमाडौँ- बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती

एकता राष्ट्रिय सम्मेलनमा पार्टी मातहतका सबै कमिटीलाई सहभागी हुन परिपत्र

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले पार्टी मातहतका सबै कमिटीलाई यही कात्तिक

सरकारको निर्णयविरुद्ध सर्वाेच्च पुगे हितेन्द्रदेव, मंगलबारलाई पेसी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध

भक्तपुरको बाल सुधारगृहबाट फरार १७ जना पक्राउ

भक्तपुर – भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २०