चीनतिर आमिर खानको नजर « Khabarhub

चीनतिर आमिर खानको नजर


४ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्सअफिसमा फ्लप साबित भइसकेको छ। गत ११ अगष्टमा रिलिज फिल्मले बक्सअफिसमा निरासाजनक प्रदर्शन गर्यो।

चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो। भारतीय बक्सअफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन्। उनको नजर यतिबेला चीनतिर सोझिएको छ।

चीनमा आमिरको फ्यान फलोइङ धेरै छ। चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ। चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन्। यस्तो अवस्थामा ‘लाल सिंह चढ्ढा’ले चिनियाँ बक्सअफिसमा धमाल मच्चाउने सम्भावना बढेर गएको छ।

यसअघि आमिरका कैयैं फिल्मले चिनियाँ बक्सअफिसमा राम्रो व्यापार गरेका छन्। फिल्म ‘थ्री इडियट्स’ ले चिनियाँ बक्सअफिस सय करोडको कमाई गरेको थियो।

त्यस्तै फिल्म ‘पीके’ले १ सय २८ करोड, ‘दंगल’ले १३ सय करोड, ‘सीक्रेट सुपरस्टार’ले ८ सय करोडको कलेक्सन गरेको थियो।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ९ : १२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२