परराष्ट्रमन्त्री खड्काद्वारा गिदेरी खोलाको नवनिर्मित मोटरेवल पुलको उद्घाटन  « Khabarhub

परराष्ट्रमन्त्री खड्काद्वारा गिदेरी खोलाको नवनिर्मित मोटरेवल पुलको उद्घाटन 


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्काले उदयपुर जिल्लाको बेलका नगरपालिका ५ स्थित गिदेरी खोलाको नवनिर्मित मोटरेवल पक्कीपुलको उद्घाटन गरेका छन् ।

चौदण्डीगढी नगरपालिकाको वडा नं ३ बसाहा हुँदै  बेलाका नगरपालिकाको शिखरमाडी, पञ्चमुरे, खयरबनी, झोरपट्टा जोड्ने सडक अन्तर्गत पर्ने गिदेरी खोलामा निर्माण गरिएको मोटरेवल पक्कीपुलको मन्त्री खड्काले उद्घाटन गरेका हुन् ।  उक्त पुल प्रदेश सरकारको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय मार्फत १५ करोड ५ लाख लागत स्टमेट गरी निर्माण सम्पन्न गरिएको हो । पुलको उद्घाटन गर्दै मन्त्री खड्काले आफूहरू सँग धेरै किसिमका योजनाहरू रहेको भन्दै आफू मन्त्री भएर सुविधा भोगी नभएको बताए । उनले आफ्नो लागी जनताका समस्या भन्दा मन्त्री पद ठुलो नभएको दावी गरे ।

७२.५ मिटर लम्बाई रहेको उक्त पुलमा १०.९ मिटर चौडाइ रहेको छ । पुलमा ३ स्पान रहेको छ ।  १५ करोड लागत स्टमेट तयार गरिएको भए पनि इलाइट सूर्य जेभी धरानले मूल्य समायोजन सहित ९ करोड ४२ लाख २२ हजार २ सय ५२ रुपैयाँमा पुल निर्माण सम्पन्न गरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ५ : ३३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले