माओवादीले बनायो १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति « Khabarhub

माओवादीले बनायो १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको हो ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, हरि रोका, परशुराम रम्तेल, जाकिर हुसेन, परशुराम तामाङ, भीमा ढुंगाना, जगत सिंखडालगायत छन् ।

‘ निर्वाचनका लागि हामीले घोषणापत्र तयार गर्न एउटा टिम बनाएका छौं । हाम्रो एउटा मस्यौदा तयार होस भनेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ जनाको टिम बनाएका छौं,’ महाराले भने ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : २० बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम