मिडियाकर्मीको भूमिका स्वतन्त्र हुनुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

मिडियाकर्मीको भूमिका स्वतन्त्र हुनुपर्छ : अध्यक्ष तिमिल्सिना


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले मिडियाकर्मीको भूमिका साँचो अर्थमा स्वतन्त्र हुनुपर्ने बताएका छन् । व्यावसायिक रेडियोहरूको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल ‘बान’ को सातौँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले पत्रकारिता पेशा स्वतन्त्र हुनुपर्ने बताए ।

‘पत्रकारको आस्था फरक हुन सक्छ तर आस्थाका आधारमा एउटाले अर्कोलाई सिध्याउने मिसन गर्नुहुँदैन ।’, उनले भने, ‘चुनौतीको सामना गर्दै निष्पक्ष भएर पत्रिकारिता गर्नुपर्छ ।’

पत्रकार स्वयं व्यक्तिले राजनीति गरे पनि सञ्चार संस्थालाई राजनीतिमा नमुछ्नुस् भन्दै उनले स्वतन्त्र ढङ्गले अगाडि बढ्न सक्ने नेतृत्व सहमतिबाटै चयन गर्नुपर्नेमा जोड दिए।

आइतबार सम्पन्न हुने बानको महाधिवेशनले सहमतिमै नयाँ नेतृत्व चयन गर्न प्रयास भए पनि नसकेपछि आइतबार मतदान हुने बताइएको छ । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रदेश संयोजक, केन्द्रीय सदस्यसहित २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ३७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२