जापानीज इन्सेफ्लाइटिसको टेस्ट र भ्याक्सिन महंगो छ « Khabarhub

जापानीज इन्सेफ्लाइटिसको टेस्ट र भ्याक्सिन महंगो छ

‘नेपालमा धेरैपटक देखिएको हुनाले नेपालीको इम्युनिटीले काम गर्छ’



पछिल्लो समय डेंगुसँगै जापानीज इन्सेफ्लाइटिसको समस्या पनि बढ्दै गएको छ । फरक प्रजातीको लामखुट्टेकै कारणले लाग्ने जापानीज इन्सेफ्लाइटिस हानिकारक मानिन्छ । क्यूलेक्स नामको लामखुट्टेले टोकेपछि लाग्ने यो रोग उपचार गरेपछि सञ्चो हुने भएपनि अवस्था गम्भीरसम्म हुने गर्छ । यसै विषयमा सरुवा रोग विशेषज्ञ डा.जनक कोइरालासँग खबरहबका लागि विना न्यौपाने गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय यो डेंगु संक्रमण बढिरहेको बेलामा नेपालको धेरै जिल्लामा जापानीज इन्सेफलाइटिस अर्थात मस्तिष्क ज्वरोको समस्या पनि बढ्दो छ । यसबाट बिरामीको मृत्यु पनि भयो भन्ने सुनिन्छ, यो कस्तो रोग हो ?

जापानी इन्सेफलाइटिस भन्ने एक किसिमको भाइरसले मानिसको दिमागमा पसेर बेहोस पार्ने वान्ता गराउने गराउँछ । यसलाई पनि यो मलेरिया, डेंगू भनेको जस्तो लामखुट्टेले नै सार्ने रोग हो । तर यो बेग्लै प्रकारको क्यूलेक्स भन्ने लामखुट्टेले टोकेपछि सर्ने गर्छ ।

यो लामखुट्टे कस्तो ठाउँमा हुन्छ ?
यो प्राय गर्मी ठाउँमा तराईमा धेरै हुन्छ । पहिलादेखि नै भारतको उत्तरी र नेपालको दक्षिणी भागमा धेरै देखिएको रोग हो । तर आजकल धेरै तापक्रम बढेको कारण पहाडका केही ठाउँहरूमा र काठमाडौँमा पनि तापक्रम बढेसँगै प्रदूषणका कारणले यो सङ्क्रमण भएको छ ।

यो कसरी सर्छ ?
यो अलग प्रकारको लामखुट्टेले सार्ने हो । यो धेरै पुरानो रोग हो । पहिला एक पटक भएको मान्छेमा यो पछि फेरि हुँदैन । यो लामखुट्टेले टोकेर एक व्यक्तिबाट अर्को व्यक्तिमा पोथी लामखुट्टेले टोक्छ । त्यही लामखुट्टेले अर्कोलाई व्यक्तिलाई टोक्दा सर्छ ।

विश्वको तथ्याङ्क हेर्दा हरेक वर्ष कम्तीमा पनि ५० हजार जना सङ्क्रमित हुने र १५ हजारको मृत्यु हुने तथ्याङ्क छ । यसैका आधारमा नेपालमा डेंगूले नै महामारीको अवस्था लिएकोमा यो फैलिन सक्ने सम्भावना कति छ ?

यो हाम्रोमा र भारतमा पुरानो रोग हो । झन्डै ४० वर्ष अगाडि धेरै फैलिसकेको रोग हो । हाम्रोमा बारम्बार देखिएको हुनाले धेरै जनालाई इम्युनिटी छ । यो लागेको छ या छैन भनेर रगतको जाँच गरेर नै हेर्नु पर्दछ । यो पुरानो रोग भएकोले यसको भ्याक्सिन पनि छ । एक पटक लगाएर अर्को पटक लगाउन नपर्ने हुनाले यो पछि त्यो व्यक्तिमा हुँदैन । यो एकै छिनमा हुन्छ र एकै छिनमा हट्छ ।

यो कस्तो व्यक्तिमा देखिएको छ ?
यो केटा केटी र जवानहरूमा फाट्टफुट्ट भएको छ । कुनै व्यक्तिलाई यो केही दिनमा ज्वरो आउने जिउहरू दुख्ने भएर आफै निको भएर जान्छ । कोहीलाई साह्रो बनाएर दिमागमा पसेर टाउको दुख्ने बेहोस बनाउने वान्ता हुने हुन्छ । वृद्धवृद्धालाई पनि असर गर्यो भने साह्रो नै पार्न सक्छ ।

यो सानो उमेरमा लाग्यो भने पछिसम्म पनि दिमागमा असर गर्दछ भन्ने धेरैको सोचाई छ, यसमा कतिको सत्यता छ ?
सानो बच्चालाई लाग्यो भने त्यसले दिमागमा लामो समयको लागि ड्यामेज पार्न सक्छ । तर, यो धेरैमा हुँदैन कसै कसैलाई हुने हो । वृद्धवृद्धामा पनि धेरै साह्रो हो भने पक्षघात भनेजस्तो असर देखिन सक्छ ।

यी लामखुट्टेको टोकाई बाट नै सर्ने रोगलाई हामीले घरमा नै कसरी छुट्याउने ?
सुरुमा सबैलाई ज्वरो आउने । रुघा लाग्यो भने हामी कोरोना भन्छौँ । त्यही अनुसार जाँच गर्दछौँ । तर, रुघाखोकी छैन धेरै टाउको दुख्यो वान्ता भयो बेहोस होला जस्तो भयो भने जापानी इन्सेफलाइटिस हो कि भन्ने पुरानो रोग भएकोले हामीले तराईबाट आएकोलाई यो हामीले जाँच गछौँ । जाँच पनि त्यति सहज छैन । (नेपाल पब्लिक हेल्थ ल्याबेटरी) अथवा ठुलो ठुलो ल्याबेटरीहरुले मात्र गर्दछ । डेंगूको पेट दुख्ने जिउ दुख्ने हात खुट्टा दुख्ने हुन्छ । विशेष गरी डेंगू अहिले छन त ७५ जिल्लामा नै छ तर धेरै १० देखि १२ जिल्लामा भएको मानिसहरूले त्यस्तो लक्षण लिएर आयो भने डेंगूको जाँच गर्दछौँ । कोरोना र डेंगूको जाँच तुरुन्तै हुन्छ र रिर्पाेट आउँछ । जापानी इन्सेफलाइटिसको लागि चाहिँ ढाडबाट पानी निकालेर वा रगतबाट जाँच गर्नलाई (नेपाल पब्लिक हेल्थ ल्याबेटरी)मा पठाउनु पर्ने हुन्छ ।

भ्याक्सिन हामीले सहजै पाउँछौँ कि, कुन कुन समयमा कसरी लगाउन सक्छौँ ?
यो समय समयमा सरकारले पनि यो महामारी फैलिएको अवस्थामा उपलब्ध गराएको थियो । तर, अहिले यो आफ्नो नजिकको अस्पतालमा गएर बुझ्नु पर्दछ । यो किन्नु पर्दा महँगो पर्दछ।

अरु समस्या एक व्यक्तिबाट अर्काेमा सहजै सर्छ भनिन्छ । तर, यो जापानी इन्सेफलाइटिस चाहिँ एक व्यक्तिबाट अर्कोमा सहजै सर्दैन भनिन्छ के हो ?
एक व्यक्तिबाट अर्कोमा सहजै सर्दैन किनभने रगतमा मात्र हुन्छ। यसको भाइरस रगतबाट सर्न कित रक्तदान नै गर्नु पर्दछ । यो मुख्य गरी लामखुट्टे बाट नै सर्छ ।

यो समस्या भयो भने हामीले कस्तो अवस्थामा अस्पताल जाने त ?
धेरै टाउको दुख्ने ज्वरो आउने भयो भने घरमा नै बसेर गरे हुन्छ । यो कति त आफै नै निको हुन्छ । कसैलाई धेरै नै टाउको दुख्यो बान्ता भयो बेहोस भयो काम्ने भयो भने अस्पतालमा नै जाने र उपचार हुन्छ ।

यो समस्या नहोस् भनेर हामी पहिला नै कसरी बच्न सक्छौँ ?
लामखुट्टेले सार्ने त्यसैले हामीले यो लामखुट्टेलाई नै नियन्त्रण गर्ने हो । अहिले बाहिर पानी जमेको हुन्छ । त्यो पानी पोख्ने राम्रो पानीहरू छोपेर राख्ने, झाडीहरू नराख्ने, खाल्डाहरू छ भने पुर्ने । पुर्न सकिँदैन भने मट्टितेलहरु छर्किने, सकिन्छ भने लामखुट्टे घर भित्र छिर्न नदिने, राति झुल ओढेर सुत्ने, प्रदुषण कारणले तापक्रम बढ्दै गएको छ त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय स्तरमा यसको लागि रोकथाम गर्नु पर्दछ ।

सरकारी तथा आधिकारिक पक्षले किटजन्य सङ्क्रमण रोक्न पहिला नै के गर्नु पर्दछ होला ?
हामीलाई यो डेंगुले पनि धेरै सतायो । आउँदा वर्षमा यो लामखुट्टे यसरी नियन्त्रण गर्न सकिन्छ भनेर गाउँ गाँउमा कार्यक्रम गर्नु पर्याे ।

सङ्क्रामक रोग विशेषज्ञ भएको नाताले के सन्देश दिनु हुन्छ ?
यो संक्रामक रोगहरु फैलिरहन्छन् । यसको लागि हामीले आफ्नो स्तरमा वरपर सफा राख्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ०१ बजे

दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

झापा – झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको

‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’

दोधारा चाँदनी – कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर – हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

‘प्रतिरोधात्मक क्षमता कम हुनेमा मौसमी फ्लू छिटो सर्छ’

चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्याले सताउने गरेका छन् ।

साउदीमा थप ५४ नेपालीले पाए एक्जिट भिसा

दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका