‘हामीले नेपाली पर्यटनको कथा भन्नै सकेनौँ’ « Khabarhub

‘हामीले नेपाली पर्यटनको कथा भन्नै सकेनौँ’

‘पर्यटन विकासबारे अहिलेको सिस्टम हामीले नै बनाएका हौँ’



काठमाडौँ- नेपालमा शिक्षामा ठूलो समस्या देखिन्छ । किनकि पर्यटन जस्तो बहुआयामिक विषय सरकारी शिक्षामा सुरुदेखि समेटिएन । अहिले बिस्तारै पढाई हुन थालेको छ ।

शिक्षामा समस्या वा कमजोरी छ भनेर औला धेरैले उठाउनु भयो । तर विवेक गुमेपछि यस्तो हुन्छ । अहिले पनि यो विवेक गुम्ने काम गर्ने सरकारी निकाय र निजी क्षेत्रकै बढी छन् ।

तपाईँहरूले प्राविधिक कुराहरूमा धेरै समस्याहरू बताउनु भयो । मलाई त्यसमा खासै ज्ञान छैन । दुख पनि लाग्यो कसरी झेल्नु भएको होला । किनकि पर्यटनको विषयमा जसले जति धेरै गफ गरे पनि व्यावहारिक रूपमा धेरै कम काम भएका छन् ।

जस्तो उदाहरणका लागि नेपालमा पर्यटन सम्बन्धी सिकाउने कति वटा कलेजहरू छन् त ? धेरै कलेज छैन । अरु विषय पढाई हुने कलेज छ्यापछ्याप्ती छन् । तर पर्यटन जस्तो नेपालमा सबैभन्दा धेरै चाहिने विषय पढाई हुन सक्दैन ।

एउटा उदाहरण हेरौँ, सन् २०१५ मा भूकम्पको समयमा हामीसँग गडबडी भएको अवस्थामा एउटा बुद्धिस्ट मास्टरले यहाँ एकै पटकमा प्लेन नै चढाएर दुई हजार जना उहाँका धर्म शिष्यहरू ल्याउनु भएको थियो । त्यो क्लासमा म पनि पढ्न पाएको थिएँ ।

यो वैकल्पिक पर्यटनको कुरा गर्दा उहाँहरूले कुनै पर्यटन व्यवसाय गर्नेहरूले त्यस्तो कार्यक्रम गर्नु भएको थिएन । बाहिरबाट बुद्धिस्ट ल्याएर नेपालमा पढाउने कुरा चानचुने होइन । अहिले पनि छैन । तर यो काम न सरकारले गर्छ । न त निजी क्षेत्रले गर्न सक्छ ।

खाली हामी बुद्ध जन्मेको देश । सगरमाथाको देश भनिरहेका छौँ । हामीसँग त्यो किसिमको संस्कृति र ऐतिहासिक महत्त्व छ भने त्यसबारे पाठ्यक्रममै राखेर पढाउनुपर्छ ।

जे छ हामीसँगै छ । त्यसलाई हामीले गर्न नजानेको भनेको सरकारी क्षेत्रमा होस् या प्राइभेट क्षेत्रमा । हामीले नेपाली पर्यटनको कथा भन्नै सकेनौँ । ‘मास टुरिजम’को कुराहरू भनिएको छ । आखिर कमी कमजोरी त छैन नि ।

अर्को कुरा हामीसँग सिस्टम नराम्रो रहेछ भन्छौँ । त्यो सिस्टम हामी आफैले बनाएको हो नि । अब सिस्टममै समस्या छ भनेपछि बौद्धिक मान्छे, व्यक्तित्व वा शैक्षिक क्षेत्रमा लागेकालाई यो क्षेत्रमा स्थान दिनुपर्छ ।

आखिर एउटा राम्रो सिस्टम बनाउन सकियो । त्यो सिस्टमलाई कार्यान्वयन गर्न सकियो भने त हामीले त्यहाँबाट फाइँदै फाइदा लिन सक्छौँ नि । त्यसमा कुनै कुनै समस्या छैन । तर अब ढिला गर्नु भएन ।

जलवायु परिवर्तनले नेपालको पर्यटन क्षेत्रमा असर गर्न सक्छ । त्यसले अहिलेको हाम्रो सम्भावना धेरै कम वा क्षति भएर जान सक्छ । त्यसैले जे गर्नुछ, सुरु गरौँ । राम्रो गरौँ । विश्वमा नयाँ उदाहरण दिने मिल्ने गरी पर्यटन व्यवस्थापन र सम्भावना खोल्नतिर लागौँ ।

(खबरहबले आयोजना गरेको ‘नेपालमा पर्यटन विकास बहस’ कार्यक्रममा वरिष्ठ फोटो पत्रकार दीपेन्द्र बज्राचार्यले राखेको धारणाको सम्पादित अंशः)[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ११ : ४६ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,