‘हामीले नेपाली पर्यटनको कथा भन्नै सकेनौँ’ « Khabarhub

‘हामीले नेपाली पर्यटनको कथा भन्नै सकेनौँ’

‘पर्यटन विकासबारे अहिलेको सिस्टम हामीले नै बनाएका हौँ’



काठमाडौँ- नेपालमा शिक्षामा ठूलो समस्या देखिन्छ । किनकि पर्यटन जस्तो बहुआयामिक विषय सरकारी शिक्षामा सुरुदेखि समेटिएन । अहिले बिस्तारै पढाई हुन थालेको छ ।

शिक्षामा समस्या वा कमजोरी छ भनेर औला धेरैले उठाउनु भयो । तर विवेक गुमेपछि यस्तो हुन्छ । अहिले पनि यो विवेक गुम्ने काम गर्ने सरकारी निकाय र निजी क्षेत्रकै बढी छन् ।

तपाईँहरूले प्राविधिक कुराहरूमा धेरै समस्याहरू बताउनु भयो । मलाई त्यसमा खासै ज्ञान छैन । दुख पनि लाग्यो कसरी झेल्नु भएको होला । किनकि पर्यटनको विषयमा जसले जति धेरै गफ गरे पनि व्यावहारिक रूपमा धेरै कम काम भएका छन् ।

जस्तो उदाहरणका लागि नेपालमा पर्यटन सम्बन्धी सिकाउने कति वटा कलेजहरू छन् त ? धेरै कलेज छैन । अरु विषय पढाई हुने कलेज छ्यापछ्याप्ती छन् । तर पर्यटन जस्तो नेपालमा सबैभन्दा धेरै चाहिने विषय पढाई हुन सक्दैन ।

एउटा उदाहरण हेरौँ, सन् २०१५ मा भूकम्पको समयमा हामीसँग गडबडी भएको अवस्थामा एउटा बुद्धिस्ट मास्टरले यहाँ एकै पटकमा प्लेन नै चढाएर दुई हजार जना उहाँका धर्म शिष्यहरू ल्याउनु भएको थियो । त्यो क्लासमा म पनि पढ्न पाएको थिएँ ।

यो वैकल्पिक पर्यटनको कुरा गर्दा उहाँहरूले कुनै पर्यटन व्यवसाय गर्नेहरूले त्यस्तो कार्यक्रम गर्नु भएको थिएन । बाहिरबाट बुद्धिस्ट ल्याएर नेपालमा पढाउने कुरा चानचुने होइन । अहिले पनि छैन । तर यो काम न सरकारले गर्छ । न त निजी क्षेत्रले गर्न सक्छ ।

खाली हामी बुद्ध जन्मेको देश । सगरमाथाको देश भनिरहेका छौँ । हामीसँग त्यो किसिमको संस्कृति र ऐतिहासिक महत्त्व छ भने त्यसबारे पाठ्यक्रममै राखेर पढाउनुपर्छ ।

जे छ हामीसँगै छ । त्यसलाई हामीले गर्न नजानेको भनेको सरकारी क्षेत्रमा होस् या प्राइभेट क्षेत्रमा । हामीले नेपाली पर्यटनको कथा भन्नै सकेनौँ । ‘मास टुरिजम’को कुराहरू भनिएको छ । आखिर कमी कमजोरी त छैन नि ।

अर्को कुरा हामीसँग सिस्टम नराम्रो रहेछ भन्छौँ । त्यो सिस्टम हामी आफैले बनाएको हो नि । अब सिस्टममै समस्या छ भनेपछि बौद्धिक मान्छे, व्यक्तित्व वा शैक्षिक क्षेत्रमा लागेकालाई यो क्षेत्रमा स्थान दिनुपर्छ ।

आखिर एउटा राम्रो सिस्टम बनाउन सकियो । त्यो सिस्टमलाई कार्यान्वयन गर्न सकियो भने त हामीले त्यहाँबाट फाइँदै फाइदा लिन सक्छौँ नि । त्यसमा कुनै कुनै समस्या छैन । तर अब ढिला गर्नु भएन ।

जलवायु परिवर्तनले नेपालको पर्यटन क्षेत्रमा असर गर्न सक्छ । त्यसले अहिलेको हाम्रो सम्भावना धेरै कम वा क्षति भएर जान सक्छ । त्यसैले जे गर्नुछ, सुरु गरौँ । राम्रो गरौँ । विश्वमा नयाँ उदाहरण दिने मिल्ने गरी पर्यटन व्यवस्थापन र सम्भावना खोल्नतिर लागौँ ।

(खबरहबले आयोजना गरेको ‘नेपालमा पर्यटन विकास बहस’ कार्यक्रममा वरिष्ठ फोटो पत्रकार दीपेन्द्र बज्राचार्यले राखेको धारणाको सम्पादित अंशः)[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ११ : ४६ बजे

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा