दशकपछि आयोजकले जित्यो २० औँ लिस्नुकपको उपाधि « Khabarhub

दशकपछि आयोजकले जित्यो २० औँ लिस्नुकपको उपाधि


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको कोटीहवामा सञ्चालित २० औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ।

पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोलले हराएको हो। आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो।

एक नाइजेरीयन खेलाडी फोडे फुफानासहित मैदान ओर्लिएको आयोजक लिस्नुले पहिलो हाफमा १ गोल मात्र गर्न सफल थियो भने फर्साटिकर २ गोल गर्दै अग्रस्थानमा थियो। त्यसपछिको दोस्रो हाफमा लिस्नुले पुनः १ गोल गरेपछि खेल निकै रोमाञ्चक स्थितिमा पुग्यो। खेल बराबरीमा सकिएको थियो।

ट्राइब्रेकरमा ५-५ जनाले प्रहार गरेको गोल दुवै तर्फबाट पुनः ४-४ गोल भयो। त्यसपछि पनि ३-३ जनाले प्रहार गरेको गोल पनि निर्णयको बिन्दुमा पुगेन। सँगै गोल किपरको प्रहार पनि जित हारको साबित भएन। त्यसपछि भएको ३(३ जनाको प्रहारमा फर्साटिकरको एक बल पोलमा ठक्कर खाइ बाहिर गएपछि लिस्नुको जित पक्का भयो।

विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : ३७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने