दशकपछि आयोजकले जित्यो २० औँ लिस्नुकपको उपाधि « Khabarhub

दशकपछि आयोजकले जित्यो २० औँ लिस्नुकपको उपाधि


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको कोटीहवामा सञ्चालित २० औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ।

पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोलले हराएको हो। आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो।

एक नाइजेरीयन खेलाडी फोडे फुफानासहित मैदान ओर्लिएको आयोजक लिस्नुले पहिलो हाफमा १ गोल मात्र गर्न सफल थियो भने फर्साटिकर २ गोल गर्दै अग्रस्थानमा थियो। त्यसपछिको दोस्रो हाफमा लिस्नुले पुनः १ गोल गरेपछि खेल निकै रोमाञ्चक स्थितिमा पुग्यो। खेल बराबरीमा सकिएको थियो।

ट्राइब्रेकरमा ५-५ जनाले प्रहार गरेको गोल दुवै तर्फबाट पुनः ४-४ गोल भयो। त्यसपछि पनि ३-३ जनाले प्रहार गरेको गोल पनि निर्णयको बिन्दुमा पुगेन। सँगै गोल किपरको प्रहार पनि जित हारको साबित भएन। त्यसपछि भएको ३(३ जनाको प्रहारमा फर्साटिकरको एक बल पोलमा ठक्कर खाइ बाहिर गएपछि लिस्नुको जित पक्का भयो।

विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : ३७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको