आशा लघुवित्तको तीन लाख कित्ता संस्थापक सेयर बिक्री खुला « Khabarhub

आशा लघुवित्तको तीन लाख कित्ता संस्थापक सेयर बिक्री खुला


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ। लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ।

यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ। यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी सेयर बिक्री गर्न लागिएको हो।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : २८ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये