बाबुरामको रात्रिभोजमा प्रचण्डको अर्थपूर्ण उपस्थिति | Khabarhub Khabarhub

बाबुरामको रात्रिभोजमा प्रचण्डको अर्थपूर्ण उपस्थिति

प्रचण्डको हिन्दुत्व विरोधका कारक बाबुराम


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दु धर्मलाई आघात पुग्ने गरी फेरि अराजक टिप्पणी गरेका छन्।

प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दु धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनालाई कुठाराघात गरेका छन्। तर, विशुद्ध र प्रथम श्रेणीको वामपन्थी देखिनुपर्ने दबावमा रहेका माओवादी अध्यक्षलाई हिन्दु धर्म दर्शनबारे ज्ञान नरहेको विषय यस घटनाबाट प्रमाणित भएको छ। त्यसो पनि भैंसी पुजारीलाई प्रकृति पूजा अर्थात् ढुङ्गा ढुङ्गामा देवताको वासस्थान बारे थाहा हुने कुरै भएन।

प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दु धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनालाई कुठाराघात गरेका छन्।

देशभित्र जनयुद्धको नाममा हजारों नेपाली नागरिकको हत्याबाट आरोपित माओवादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्रमाथि प्रश्न गरेका छन्। सम्भवत बोल्दै जाने क्रममा मनको कुरा मुखबाट उच्चारित हुने गर्दछ। जनयुद्धको क्रममा सोझा साझा नेपालीलाई हतियार उठाउन लगाएर अहिले पारिवारिक राजनीति गर्दै नातावाद र कृपावादमा रुमलिएका उनीबाट सम्पूर्ण जनतामा चारित्रिक स्खलन देखिनु अनौठो होइन। यस प्रकारको अभिव्यक्तिलाई व्याख्या गर्दै रामायण मा वर्णित ‘जाकी रही भावना जैसी, प्रभु मुरत देखी तिन तैसी’ अर्थात् जस्को आफ्नो मनोभाव वा चरित्र जस्तो हुन्छ उसले प्रभु वा समाजलाई सोहीअनुरूप देख्ने गरेको भन्नुपर्दछ।

अब कमरेडले त जनयुद्ध ताका नेवाः, मगरात, तमुवान, मधेसी, थारुवान लगायतका मुक्ति मोर्चा गठन गरेका थिए । तर, अहिले छोरी, बुहारी, भाइ, ज्वाइँको आर्थिक मुक्ति कार्यक्रम चल्दैछ। यसरी बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको आफू स्वयंको चरित्र हुने भएपछि सोहीअनुरूप अरूलाई देखिनु स्वाभाविक हुन्छ तर यो उनको गम्भीर दृष्टिदोष हो।

प्रचण्डले हिन्दुत्व सुविचार ‘सन्तोषम परमम् सुखम् अर्थात् मानिसलाई सन्तोष लिन सिकाउने कुराले समाज विकासमा अवरोध गरेको बताएर सन्तोषी हुनुपर्ने सामाजिक आधारलाई भत्काएर उत्तेजना फैलाई देशलाई फेरी द्वन्द्वतिर उन्मुख हुन दुरुत्साहन गरेको त होइन। आफ्नो दलको आधिकारिक मोबाइल एप उद्घाटन गर्दै प्रचण्डले असन्तोषका कारण मानिसलाई खोज गर्न सिकाउने बताएका थिए। यसमार्फत् पनि कमरेड प्रचण्डले आफ्नो आन्तरिक मनोभावनालाई नै प्रकट गरेका छन्।

प्रचण्डले पछिल्लो समय असन्तोषका कारण उत्पन्न छटपटीलाई मार्क्सको वैचारिक दृष्टिकोण देखाएर आफ्नो कुण्ठित मनोभावनालाई वैज्ञानिक दृष्टिकोण बताएर महिमामण्डित गर्न खोजेका छन्।

पहिलो पटक प्रधानमन्त्री हुँदा उनले नेपाली सेनाका तत्कालीन सेनापति  रुक्माङगद कटवाललाई पदमुक्त गरेर सर्वसत्तावाद कायम गर्न गरेको असफल प्रयास बारे पछिल्लो समय आफूबाट त्रुटिपूर्ण कार्य भएको स्वीकार गरिसकेका छन्। अहिले फेरि प्रधानमन्त्री बनेर ऐतिहासिक काम गर्न खोजेको कुरा पनि उनीबाट बारम्बार आउने गरेको छ। अर्थात् उनले असन्तोषका कारण उत्पन्न छटपटीलाई मार्क्सको वैचारिक दृष्टिकोण देखाएर आफ्नो कुण्ठित मनोभावनालाई वैज्ञानिक दृष्टिकोण बताएर महिमामण्डित गर्न खोजेका छन्।

सृष्टिमा जीवनको उत्पत्तिबारे हिन्दु धार्मिक आस्था अनुसार स्थापित दशावतारलाई मान्यता दिएको छ जसलाई खण्डित हुनेगरी माओवादी अध्यक्षले वामपन्थी चिन्तक मार्क्सलाई जीवन विकासको अवधारणा बारे पहिलो दार्शनिक बताएर सनातन सांस्कृतिक आस्था प्रति आघात पुर्याएको देखिन्छ। यसैगरी नेपालको साहित्यिक जगतका सुप्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताएर ऐतिहासिक भाषा–साहित्य बारे पनि उनले आपत्तिजनक टिप्पणी गरेका छन्।

हिन्दु धार्मिक आस्थाप्रति प्रचण्डबाट गरिएको प्रहारले संविधानको मर्म र भावनालाई समेत चोट पुर्याएको छ। संवैधानिक मर्यादालाई कुठाराघात गर्दै सनातनदेखि चलिआएको धर्म संस्कृति माथि उनले प्रहार गर्न खोजेको देखिन्छ । जबकी नेपालको संविधान २०७२ को भाग–१ धारा ४ को उपधारा (१) बमोजिम नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर यसमा प्रयुक्त ‘धर्मनिरपेक्ष’ बारे स्पष्टीकरण दिँदै यस धाराको प्रयोजनको लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ, भनिएको छ।

यसैगरी धारा २६ अनुसार धार्मिक स्वतन्त्रताको हकलाई व्याख्या गर्दै उपधारा (३) बमोजिम ‘यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भनेर कुनै धर्मलाई लक्षित गरेर अमर्यादित अभिव्यक्ति दिन नपाइने गरी निषेधित गरिएको हुँदा हुँदै प्रचण्डले हिन्दु धर्मप्रति अत्यन्त अमर्यादित वक्तव्य दिएका हुन्।

हिन्दु धार्मिक आस्थाप्रति प्रचण्डबाट गरिएको प्रहारले संविधानको मर्म र भावनालाई समेत चोट पुर्याएको छ। संवैधानिक मर्यादालाई कुठाराघात गर्दै सनातनदेखि चलिआएको धर्म संस्कृतिमाथि उनले प्रहार गर्न खोजेको देखिन्छ।

यस सन्दर्भमा संविधानको धारा ३२ मार्फत् भाषा तथा संस्कृतिको हक सम्बन्धित विषयलाई उपधारा (३) बमोजिम ‘भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुनेछ’ भनेर प्रत्येक नेपालीलाई आफ्नो संस्कृतिलाई संरक्षण गर्न पाउने अधिकार सुरक्षित गरिएकोले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सनातन धर्मको अपमान हुने प्रयोजनसहित हिन्दु स्वाभिमानलाई आघात पुग्ने गरी दिएको अभिव्यक्तिलाई घोर निन्दा गर्दै सनातन धर्मावलम्बी हिन्दु समाज आन्दोलित भएको देखिन्छ।

यस प्रकरणबाट आहत महसुस गर्दै हिन्दुत्व प्रति निष्ठावान विभिन्न संघ संस्थाबाट माओवादी अध्यक्ष प्रचण्डलाई समाजसँग क्षमा माग्दै आफ्नो अभिव्यक्ति फिर्ता लिन जोडदार माग गरेका छन्। साथै धार्मिक, सांस्कृतिक र संवैधानिक मर्यादालाई आघात गरेर सामाजिक सद्भावमाथि कुठाराघात हुने प्रयास प्रति सचेत रहन तथा आवश्यक कारवाही हुन पनि सम्बन्धित सबै पक्षसँग समेत अपिल गरिएको छ।

प्रचण्डद्वारा अहिले नियोजित ढङ्गबाट हिन्दुत्व आस्थालाई गरिएको प्रहारलाई सामान्य अर्थमा लिनु हुँदैन। यो गणितीय आधारबाट सोचेर चलाइएको पूर्णतः राजनीतिक तिकडम हो। गत साउन महिनामा आफ्नै पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले १० करोडसम्म खर्च गरेको बताएका थिए। उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्बमाथि हुने बताए जस बारे निर्वाचन आयोगबाट सोधपुछसमेत भएको थियो। एउटा गाउँपालिका अध्यक्षको लागि १० करोड खर्च भएको अतिरञ्जित र अपत्यारिलो टिप्पणी त्यसै गरिएको थिएन। वास्तव मा उक्त रकमको घोषणा सम्बन्धित सहयोग केन्द्रहरू प्रति लक्षित थियो।

प्रचण्डद्वारा अहिले नियोजित ढङ्गबाट हिन्दुत्व आस्थालाई गरिएको प्रहारलाई सामान्य अर्थमा लिनु हुँदैन। यो गणितीय आधारबाट सोचेर चलाइएको पूर्णतः राजनीतिक तिकडम हो।

यस सन्दर्भमा आउने आमनिर्वाचनका लागि आर्थिक सहयोग उपलब्ध गराई दिन लक्ष्यसहित प्रस्तावित सो रकम प्रदान गर्नका लागि नै हतारिएर चिनियाँ जम्बो टोलीको नेपाल भ्रमण भएको गाँइगुँइ काठमाडौंमा सुनिँदैछ। प्रायजसो हुने गरेको उच्च स्तरीय अन्तर्राष्ट्रिय कूटनीतिक भ्रमण धेरै औपचारिकता पुरा गरेर मात्र सम्पन्न हुने गर्दछ। तर, यस पटकको चिनियाँ उच्चस्तरीय कूटनीतिक भ्रमण केही दिन अघि मात्र प्रतिनिधिसभाका सभामुखसँग सम्पन्न द्विपक्षीय भर्चुअल भेटघाटबाट तय भएको थियो।

निर्वाचन घोषित भइसकेको अवस्था हुँदा हुँदै नेपालमा कार्यकाल समाप्त हुन लागेको संसदसँग सहमतिपत्र गरिहाल्न हतारिएको चिनियाँ पक्षको रवैया शङ्कास्पद हुनु स्वाभाविक छ। सभामुखको निम्तो मानेर आएका ६७ सदस्यीय जम्बो टोलीका अध्यक्षको उच्चस्तरीय भेटघाटबाहेक अन्यको बारेमा खासै जानकारी सार्वजनिक हुनसकेन। तिनीहरूलाई साथमा ल्याउनुको प्रयोजन निर्वाचनको खर्च व्यवस्थापन त थिएन, प्रश्न स्वाभाविक छ।

चिनियाँ टोलीको प्रस्थान, पुरानो कमरेड मित्र बाबुराम भट्टराईको निवासमा रात्रिभोज र भोलिपल्ट निर्माण र सिजनका देवता तथा उद्यमी समुदायका आदर्श पुरुष ‘भगवान् विश्वकर्मा’ को पुजन दिवस ताकेर हिन्दू धर्म माथि गरिएको प्रहार परस्पर जोडिएको त छैन। यस प्रकरणमार्फत् प्रचण्डका पुरानो राजनीतिक प्रतिद्वन्द्वी बाबुराम भट्टराईबाट रणनीतिक सफलता प्राप्त गर्ने कोशिश भएको पनि हुनसक्छ। गत साउनमा प्रचण्डले चुनावी खर्च बारे दिएको अतिरञ्जित अभिव्यक्ति प्रत्यक्षतः आर्थिक संकलन केन्द्रित रहेको थियो नै। जसको श्रृंखला भर्खर आफ्नो भ्रमण सम्पन्न गरेको चिनियाँ टोलीबाट सम्भावित योगदान बारे भइरहेको कानेखुसी संग जोडिन्छ। किनभने त्यस लगत्तै हिन्दु आस्था माथिको भएको प्रहारमा भट्टराई निवासको रात्रिभोजको कतिसम्म योगदान छ भन्न सकिँदैन। प्रचण्डको यो कटाक्षबाट सनातनी हिन्दु समाज आहत हुने र कडा प्रतिवाद गर्ने निश्चित थियो र त्यसको आकलन योजना बनाउन माहिर खेलाडी बाबुरामबाट नहुने कुरै भएन।

प्रचण्डले आफ्नो राजनीतिक जीवनमा अरूको कुराबाट प्रभावित हुने गरेको यथार्थलाई पछिल्लो चैतमा नै स्वीकारेका थिए। गत वर्ष चैतमा आयोजित धनगढीको एक कार्यक्रममा उनले कटवाल प्रकरणलाई स्मरण गर्दै त्यसबखत आफूलाई उक्साएको भन्दै आफ्नै पार्टीका पूर्व नेताहरु रामबहादुर थापा ‘बादल’ र बाबुराम भट्टराई प्रति तुष पोखेका थिए। बादल र बाबुराम दायाँ–बायाँ भएर आफूलाई कटवाल प्रकरणमा उक्साएको उनको आरोप थियो। माओवादी नेताहरु कटवाल प्रकरण एक बचकना निर्णय भएको र सोही कारणबाट पार्टी विभाजित र कमजोर भएको बताउँछ। कटवाल प्रकरणबाटै सरकारको नेतृत्व गरेको माओवादीलाई नौ महिनामै सरकारबाट बाहिरिनु परेको थियो।

पुरानो माओवादी सहयात्री उपेन्द्र यादवसँग सहज तालमेलको आशा गरेका भट्टराईलाई ठूलो झट्का लाग्यो र अन्ततः फेरि आफ्नै नामबाट दल निर्माण गर्नुपर्ने परिस्थिति सिर्जित हुनपुग्यो।

प्रचण्ड र बाबुराम भट्टराईबीच माओवादी कालखण्डदेखि नै आन्तरिक प्रतिस्पर्धा रहँदै आएको छ। माओवादीबाट हठात बहिर्गमित भएर अर्को दल गठन गर्नुपर्ने बाध्यात्मक अवस्था सफल नभएपछि बाबुराम भट्टराईलाई उपेन्द्र यादवसँग आश्रय लिनुपरेको थियो। पुरानो माओवादी सहयात्री उपेन्द्र यादवसँग सहज तालमेलको आशा गरेका भट्टराईलाई ठूलो झट्का लाग्यो र अन्ततः फेरि आफ्नै नामबाट दल निर्माण गर्नुपर्ने परिस्थिति सिर्जित हुनपुग्यो। दलको गठन सहज भए पनि सञ्चालन सजिलो थिएन। त्यसमा पनि सैद्धान्तिक मार्गचित्र त्यागेर व्यापारिक बाटो अँगाली सकेको राजनीतिक दललाई चुनाव लड्नु भनेको ठूलो आर्थिक चुनौतीलाई सम्बोधन गर्नु सरह हुन्छ। यही जटिलतालाई विश्लेषण गर्दै केही समयदेखि माधव नेपाल, बाबुराम र उपेन्द्र यादवलाई पार्टी एकीकरण गर्न प्रचण्डबाट दबाब दिने काम भइरहेको चर्चा छ।

चुनावको पूर्व सन्ध्यामा पुगिसकेको राजनीतिक परिदृश्यमा यस प्रकारको विचलित विचारधाराले समग्र माओवादी पार्टीलाई सनातन हिन्दु समाजबाट नकारात्मक प्रतिक्रिया बेहोर्नुपर्ने निश्चित छ।

नेपालको समकालीन राजनीतिमा कुनै पनि दल र तिनका नेतासँग एक्लै चुनाव लड्ने आँट देखिन्न। त्यसैले प्रत्यक्ष वा अप्रत्यक्ष गठबन्धन आजको राजनीतिक बाध्यता हो। वर्तमान जटिल राजनीतिक परिदृश्य मा बाबुराम भट्टराईका लागि हँसिया हथौडा चुनाव चिह्नबाट निर्वाचनमा भाग लिनुपर्ने बाध्यात्मक अवस्था पनि हुनसक्छ। त्यसो भयो भने निर्वाचन आयोगको विधान बमोजिम माओवादी सांसदको हैसियतमा उनको गणना हुनेछ। अब यदि प्रचण्डलाई यस निर्वाचनमा प्रतिकूल परिणाम आयो भने मोहन वैद्य, सी पी गजुरेल, रामबहादुर थापालगायत पुरानो, महत्वपूर्ण तथा शीर्षस्थ नेताको अनुपस्थितिमा बाबुराम भट्टराईलाई माओवादी संसदीय दलको नेतृत्व सहजतापूर्वक प्राप्त हुनसक्ने ठूलो सम्भावना रहेको देखिन्छ।

प्रचण्डका लागि प्रतिकुल परिस्थिति बनाउन नै विगतमा उनले कटवाल प्रकरणमा उक्साउने काम गरेको थियो। अहिले फेरि रात्रिभोजको व्यञ्जनका साथै हिन्दुत्वविरुद्ध उक्साइ चुनाव खर्चको बन्दोबस्त मिलाउन र चिनियाँ सहयोग बारे व्याप्त चर्चालाई अर्कातिर मोडन सक्ने सुझाव दिएर अध्यक्ष दाहाललाई फेरि धरापमा पारिएको त छैन। जे होस, एउटा धर्मलाई लक्षित अमर्यादित वक्तव्य दिएर प्रचण्डले अनावश्यक वितण्डा निम्ताएका छन्। यसबाट के कति आर्थिक सहयोग र जनजातिको मत प्राप्त हुनसक्छ त्यो त उनैले जानुन । चुनावको पूर्व सन्ध्यामा पुगिसकेको राजनीतिक परिदृश्यमा यस प्रकारको विचलित विचारधाराले समग्र माओवादी पार्टीलाई सनातन हिन्दु समाजबाट नकारात्मक प्रतिक्रिया बेहोर्नुपर्ने निश्चित छ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : २० बजे

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति