कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या  | Khabarhub Khabarhub

कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या 


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या देखिएको छ । आरन व्यवसायबाट जीविका चलाउँदै आएका समुदायको पुख्र्यौंली पेसा कोइलाको अभावमा अहिले विस्तार गर्न समस्या देखिएको हो । पुर्ख्यौली पेसा आरन व्यवसायबाट जीविका चलाउँदै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लामसेट्टीका गणेश तिरुवा कोइला अभावले आरन व्यवसाय बन्द हुने अवस्थामा पुगेपछि चिन्तित बनेका छन् । 

आरन व्यवसायबाटै दुई छोराछोरीको पढाई र घरखर्च चलाइरहेका उनी पछिल्लो समय कोइला नपाउँदा गरिखाने पेसा नै बन्द हुने अवस्थामा पुगेको बताउँछन्। सामुदायिक वनले जंगल पस्न निषेध गरेपछि कोइला अभाव हुन थालेको उनले बताए । ‘सामुदायिक वन भएपछि जंगल जान पाइँदैन, कोइलाको समस्या भयो’, उनले भने, ‘अहिले महाकाली नदीले बगाएका दाउरा सङ्कलन गरेर गुजारा चलाइरहेका छौँ।’

‘जोखिम मोलेर महाकालीको भेलमा दाउरा संकलन गर्न जान्छौँ’, उनले भने, ‘वर्षात्मा महाकाली नदीले बगाएर ल्याएका दाउरा संकलन गरेर वर्षभरि पुर्‍याउनुपर्छ नत्र हिउँदमा व्यवयसा नै बन्द हुने अवस्था आउँछ ।’ आरन व्यवसाय सञ्चालन गर्न समस्या आउन थालेपछि उनका छोरा रोजगारीका लागि भारतको हरियाणा पुगेका छन । जिविकोपार्जनका लागि आरन पेशाको विकल्प नहुँदा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता आएको उनले बताए । ‘अरु काम गर्न सीप छैन पुर्ख्यौली देखी आरन व्यवसाय भएकाले यसको भरमा बाँच्नुपर्छ’, उनले भने, ‘अन्य केही सीप भए त्यो काम गरेर खान हुन्थ्यो अरु सीप भएन ।’

आरन व्यवसायको विकल्प नहुँदा पछिल्लो समय रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको रोशन तिरुवाले बताए । ‘गाउँमा केही उत्पादन गर्न जमिन छैन, भएको जमिनमा पनि उब्जनी हुँदैन, जङ्गली जनावरले सखाप गर्छन्’, उनले भने, ‘यो पेसा छोडेर गाउँका धेरै मानिस रोजगारीका लागि भारत गएका छन् ।’ आरन व्यवसायबाटै घरखर्च सञ्चालन गर्न समस्या हुन थालेपछि भारत जान थालेको उनले बताए ।

स्थानीय सरकारले पुर्ख्यौली पेसा जोगाउन सहयोग गर्ने प्रतिबद्धता गरे पनि सहयोग हुन नसकेको स्थानीय रतनसिंह ठगुन्नाले बताए । ‘यो पेशाबाट कमाई राम्रो हुन्छ तर, कोइला पाउन मुस्किल भयो’, उनले भने, ‘कोइला अभावले यो पेसा नै लोप हुने अवस्थामा पुगेको छ ।’ दलित समुदायको मुख्य पेसाका रुपमा रहेको आरन व्यवसाय युवापुस्ताले रुचाउन छाडेपछि समस्या भएको उनले बताए ।

कोइला पाउन छोडेपछि गाउँमा दैनिक कृषि काममा आवश्यक पर्ने हँसिया, कुटो, कोदालोलगायत सामान बनाउन समस्या भएको स्थानीय बताउँछन् । कृषिमा उपयोगी सामग्रीका धार साँध्नलाई समेत आरन अत्यावश्यक पेसा हो । हँसिया, कुटो, कोदालोलगायतका सामग्री कृषि कार्यका लागि मात्र नभई आरनबाट उत्पादित ऐतिहासिक तरबार, त्रिशूल, विभिन्न कलात्मक भगवानका मूर्ति बनाउने गरेको स्थानीय बताउँछन् ।

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  २ : ५४ बजे

आज २०८१ साल असार २ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २ गते आइतबार तदनुसार

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको

कांग्रेस सत्ताको पछि लाग्दैन : पूर्णबहादुर खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको