नागरिकता विधेयक रोक्न परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’ मा « Khabarhub

नागरिकता विधेयक रोक्न परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’ मा


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को  प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको मंगलबारकाे सुनुवाइ स्थगित भएको छ ।

संघीय संसद्का दुवै सदनबाट पारित गरेर दोस्रो पटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्न मंगलबार पेसी चढाइएको थियो । तर, ‘हेर्न नमिल्ने’ कारण देखाएर सुनुवाइ स्थगित गरिएको छ ।  वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा पेसी चढेको भए पनि ‘हेर्न नमिल्ने’ कारण देखाएर मंगलबार स्थगित गरिएको सुनुवाइ बुधबार हुने भएको छ । न्यायाधीश शर्मा र वकालतनामा वरिष्ठ अधिवक्ता रमेश बडालको नाम रहेको र उनीहरू पहिला एउटै ल फर्ममा काम गरेको कारण देखाएर उक्त रिटमाथिको मंगलबार हुने भनिएको सुनुवाइ ‘हेर्न नमिल्ने’मा परेको हो ।

अधिवक्ता भण्डारीले निवेदनमा राष्ट्रपति कार्यालयसहित प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाएका छन् ।

गत २० भदौमा संघीय संसद्का दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको छ । तर राष्ट्रपति विद्यादेवी भण्डारीले भने प्रमाणीकरण गरेकी छैनन् ।

यसैबीच, नागरिकता विधेयकका सम्बन्धमा मंगलबार राष्ट्रपति कार्यालयले सूचना जारी गर्ने तयारी गरेको स्रोतले जानकारी दियो । मंगलबार मध्य रातिसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक समयसीमा रहेको छ । जस कारण राष्ट्रपति कार्यालयले नागरिकता विधेयकका सम्बन्धमा मंगलबार नै सूचना जारी गर्ने तयारी गरेको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : १९ बजे

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर

इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर

नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारको रूपमा अघि बढाउन प्रस्ताव गरिएको

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला– जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि