अस्कर अवार्डमा नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस « Khabarhub

 अस्कर अवार्डमा नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । 

प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ लाई सिफारिस गरेको हो ।

प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर छनोट गरेको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले बताए । उनले भने, ‘हामीलाई तीन फिल्म प्राप्त भएको थियो । ऐना झ्यालको पुतली अहिले हामीले खोजिरहेको कलात्मकता बोकेको फिल्म नै हो । त्यसैले हाम्रो निर्णय यसलाई नै नेपालको प्रतिनिधित्व गरेर पठाउने भएको हो ।’

नेपालको ग्रामीण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ भाइको रहरको कथा, दिदीको सपनाको कथा र आमाको संघर्षको कथा हो । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बू, विषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्तालगायतका कलाकारको अभिनय रहेको छ । भाद्र २४ देखि देशैभरको फिल्म हलमा फिल्म प्रदर्शनरत छ । 

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिद्वारा अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म पेस गर्न आह्वान गरिएको थियो । नेपालबाट अस्करको प्रतिस्पर्धामा सामेल हुन् दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ को आवेदन प्राप्त भएको थियो ।

ट्यालेन्ट शो दोस्रो संस्करण घोषणा

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा ‘अनलाइन ट्यालेन्ट शो कम्पिटिसन’ को दोस्रो संस्करण घोषणा गरिएको छ । विश्वभरका प्रतिभालाई ‘भर्चुअल’ माध्यमबाट छनोट गरी आयोजना हुन लागेको कार्यक्रमले नेपालीलाई आफ्नो भाषा, साहित्य, संगीत तथा कलाका माध्यमद्वारा एकीकृत गराउने निर्माता पुष्प गजमेरले बताए ।

उनका अनुसार हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । एकेडेमी अध्यक्ष गजमेरले नेपाली भाषा, सङ्गीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो सुरुआत गर्न लागेको जानकारी दिए । ‘विदेशमा हुर्किएको नयाँपुस्तालाई यस खालको कार्यक्रमका माध्यमले नेपालसँग जोड्नेछौँ,’ अध्यक्ष गजमेरले भने, ‘नेपालीपन उहाँहरूमा बढाउने हाम्रो उद्देश्य हो । यसले नेपालको सरलता पनि बुझाउनेछ ।’

विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य आकर्षक पुरस्कार पाउनेछन् । प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ । अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : २६ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा