बैतडीमा घर भत्किँदा  १५ वर्षीया बालिकाको मृत्यु « Khabarhub

बैतडीमा घर भत्किँदा  १५ वर्षीया बालिकाको मृत्यु


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– घर भत्किँदा च्यापिएर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

माटोको छानो भएको घर एक्कासि सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ । वर्षाका कारण कमजोर भएको छानो राति भत्किँएको थियो । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पूजा स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिइन् । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : ५० बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

बाढीका कारण विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास

काठमाडौं– अविरल वर्षापछि आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष