क्यानाडाको संसद्‍मा गीता महोत्सवको आयोजना « Khabarhub

क्यानाडाको संसद्‍मा गीता महोत्सवको आयोजना


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यानाडामा अन्तर्राष्ट्रिय भागवद् गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानाडाको संसद् हाउस अफ कमन्सको पुस्तकालयमा भागवद् गीता पुस्तक राखिएको थियो ।

उक्त कार्यक्रममा हाउल अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बर महिनालाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिएका छन् । यस विधेयकलाई गत मार्च महिनामा क्यानाडाको संसद्‍मा प्रस्तुत गरिएको थियो ।

उनले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानाडाली नागरिकले गरेको योगदान र क्यानाडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानाडा सरकारले मान्यता दिनुपर्ने बताए ।

भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्‍मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापनमा शोभायात्राको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु