बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु « Khabarhub

बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घण्टामा वर्षासँगै चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको छ ।

बिहारका विभिन्न स्थानमा चट्याङबाट २१ जनाको मृत्यु भएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । कृषिकर्ममा व्यस्त भएका बेला चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

बिहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जना रहेको बिहारको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसैबीच, बिहार राज्यका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

साथै उनले सबै राज्यवासीलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : ०१ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ