वडातहमै कृषि र पशुसेवा केन्द्र स्थापना  « Khabarhub

वडातहमै कृषि र पशुसेवा केन्द्र स्थापना 


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको इस्मा गाउँपालिकामा स्थानीय तहबाट जिल्लामै पहिलो पटक कृषि र पशु सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्रबाट प्रदान गरिँदै आएको सेवा प्रवाहलाई जनताको घरदैलोमा पुर्‍याउने उद्देश्यले वडास्तरसम्म कृषि र पशु सेवा केन्द्र लगिएको हो ।

इस्मा गाउँपालिकाको वडा नं ६ अन्तर्गत अम्मरपुरमा कृषि सेवाकेन्द्र र सोही पालिकाको वडा नं ३ अन्तर्गत दर्लामचौरमा पशु सेवा केन्द्र स्थापना गरिएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का जानकारी दिए । 

इस्मा गाउँपालिका– ६ अन्तर्गत अमरपुरको राङदालमा रहेको कृषि सेवा केन्द्रमा हाललाई दुई जना कर्मचारी कार्यरत रहने छन् भने ३ नं वडा अन्तर्गत दर्लामचौरमा रहेको पशु सेवा केन्द्रमा दुई जना कर्मचारी कार्यरत रहने गाउँपालिका अध्यक्ष खड्काले बताए । इस्मा गाउँपालिकाको उर्वराभूमिका रुपमा परिचित चौरासी फाँटलगायतका क्षेत्रमा उत्पादित बालीको संरक्षण र त्यसक्षेत्रका किसानले गरेको कृषि र पशुपालन कर्मलाई थप उपलब्धिमूलक बनाउन वडा तहमसम्म सेवा केन्द्र स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताएका छन् ।

कृषि ज्ञानकेन्द्र गुल्मी, भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रको प्राविधिक सहयोग एवं इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा पशु सेवा केन्द्र र कृषि सेवा केन्द्र स्थापना गरिएको हो । गाउँघरमा उत्पादित कृषिउपज र पशु चौपायामा देखापर्ने विभिन्न समस्या र प्राविधिकको अभावमा किसानले बेहोर्नुपर्ने नोक्सानीलाई सेवा केन्द्रबाट ठूलो राहत पुग्ने बताइएको छ । किसानको समस्या र गुनासोलाई मध्यनजर गर्दै इस्मा गाउँपालिकाले सेवा केन्द्रमार्फत घरमै सेवा उपलब्ध गराउने गरी कामको सुरुवात गरेको हो । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : १६ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु