डेंगी नियन्त्रणका लागि सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा « Khabarhub

डेंगी नियन्त्रणका लागि सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको बताए । 

मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधारहरूको उचित व्यवस्था गर्दै महामारीका रुपमा देखिएको कोरोना र डेंगी रोगको निणन्त्रणका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन् । 

उनले कोरोना र डेंगी रोगबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिरामीहरूको स्वास्थ्यलाभको कामना गरे । उनले रोग नियन्त्रणका लागि सबै चिकित्सकहरूको सरकारलाई साथ हुने विश्वास व्यक्त गरे ।  प्रधानमन्त्री देउवाले स्वास्थ्य सम्मेलनले निकाल्ने निष्कर्ष स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण हुने धारणा राखे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको रहेको संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : ३२ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु