संविधानको प्रभावकारी कार्यान्वयनसँगै महिलाको हकअधिकार सुनिश्चित हुन्छ : नेत्री देउवा « Khabarhub

संविधानको प्रभावकारी कार्यान्वयनसँगै महिलाको हकअधिकार सुनिश्चित हुन्छ : नेत्री देउवा


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै  महिलाको हकअधिकार सुनिश्चित हुने दाबी गरेकी छिन् । पर्साको वीरगञ्जमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला संघ केन्द्रीय समितिद्वारा आज आयोजित महिला प्रशिक्षण कार्यक्रममा नेत्री देउवाले महिला वर्गसहित आमनागरिकको हरेक हकअधिकारका विषयवस्तु नेपालको संविधानमा सुनिश्चित रहेको बताइन् । 

संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै नागरिकको अधिकार स्थापित हुने बताउँदै नेत्री देउवाले हरेक नीतिको मुख्य नीतिनै राजनीति भएकाले  यसलाई  सेवामैत्री भावनाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन् । सो अवसरमा उनले महिला वर्ग पनि अब नेपाली राजनीतिमा होमिनु आवश्यक रहेको तर्क गरिन्। दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।  

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : ४१ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु