अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेट « Khabarhub

अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेट


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालनमा रहेका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ । नगरपालिकाले बजार अनुगमनको क्रममा अधिकांश फार्मेसी दर्ता बिना नै सञ्चालनमा रहेको पाइएपछि एक साताको समय दिएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले अनुगमनका क्रममा अवैध फार्मेसी सञ्चालनमा रहेको पाइएको बताए । ‘हामीले एक साताभित्र नगरपालिकामा आएर दर्ता गर्न भनेका छौँ’, उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा अनधिकृतरूपमा औषधि बेचेको पाइयो ।’  

नगर प्रमुख किशोरकुमार लिम्बूसहित नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले अनुगमन गर्दा बजारमा शैक्षिक योग्यताको प्रमाणपत्र र दर्ता बिनाका फार्मेसीले अनधिकृतरूपमा औषधि बिक्री गरिरहेको भेटिएको हो ।

दोधारा चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले नगरभित्र भारतीय नागरिकले अवैधरूपमा फार्मेसी सञ्चालन गरेको पाइएको बताए । ‘नेपाल सरकारले बन्देज गरेका औषधिसमेत बिक्री गरेको भेटियो’, उनले भने, ‘ती अवैध फार्मेसी सबै भारतीय नागरिकका हुन्, एक साताभित्र प्रक्रिया पूरा गरेर दर्ता गर्न नभए बन्द गर्न भनेका छौँ ।’ उनले एक साताभित्र दर्ता प्रक्रियामा नआए बन्द गरिने बताए। ‘न दर्ता प्रमाणपत्र छ न शैक्षिक प्रमाणपत्र छ’, उनले भने, ‘आवश्यकताभन्दा बढी पावरका र सरकारले बन्देज गरेका औषधिसमेत बिक्री गरेको पाइयो ।’ उहाँले नगरपालिकाले एक सातापछि अनुगमन गरेर कारबाही प्रक्रियामा जाने बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा २१ वटा फार्मेसी अवैध भेटिएका छन् ।

भारतीय मूलका बङ्गालीले सञ्चालन गरेका ती फार्मेसीमा बिरामीलाई औषधि दिने, सुई लगाउने, अवैधरूपमा गर्भपतनसम्म गराउने गरेको पाइएको हो । अनुगमनका क्रममा म्याद नाघेका औषधिसमेत भेटिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

दोधारा चाँदनी नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग खुला सीमा भएका कारण यहाँ भारतीय नागरिकको बढी आवतजावत हुने गरेको छ । नगर प्रमुख लिम्बूले फार्मेसीले अवैधरूपमा लागूऔषध बिक्री गर्न थालेपछि यहाँका युवापुस्ता बिग्रिन थालेको बताए । उनले कानून र सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन नगरे पसल बन्द गराउने बताए । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ५७ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु