कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली « Khabarhub

कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको छ । 

जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । भन्सारले गत वर्षभन्दा  १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली गरेको छ । निर्यात ६५ प्रतिशतले वृद्धि भएको उनले बताए । निर्यात हालसम्मकै उच्च हो । 

आव २०७८/७९ मा प्लाइउड, टर्पेन्टाइन तेल, सुगन्ध तेल, तोरीको तेल, सुगन्ध कोकिला मार्क, काठका भाँडा, काठको कचौरा, टोकरी, हड्डी र सिङ, रोजिन र काठले बनेका सामग्रीको निर्यात बढेको पौडेलले जानकारी दिए। गत आवमा १४ करोड ८० लाख ४५ हजारको प्लाइउड निर्यात भएको थियो । यसैगरी पाँच करोड ६२ लाखको टर्पेन्टाइन तेल तथा तीन करोड ६६ लाखको सुगन्ध कोकिला तेल भारततर्फ निर्यात गरिएको प्रमुख पौडेलले बताए  ।

भन्सार नाकाबाट सबैभन्दा धेरै निर्यात हुनेमा प्लाइउड र रोजिन छ । गत आवमा २६ करोड २३ लाख ५४ हजारको रोजिन निर्यात भएको थियो । यो अघिल्लो आवभन्दा आठ करोड ५३ लाख ५९ हजार बढी हो । कार्यालयबाट गत आवमा २६ अर्ब ८१ करोड ३८ लाख ९४ हजारको सामग्री आयात भएको थियो । आव २०७७-७८ मा २४ अर्ब ४९ करोड नौ लाख नौ हजारको आयात भएको थियो । सबैभन्दा धेरै आयात हुनेमा चामल र फलफूल छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ०५ बजे

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

प्रमुख राजनीतिक दलको घोषणापत्र : ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका

युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

साताको कार्टुन

काठमाडौं – सार्वजनिक बहस र राजनीतिक तनावबीच यो कार्टुनले वर्तमान