कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली | Khabarhub Khabarhub

कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको छ । 

जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । भन्सारले गत वर्षभन्दा  १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली गरेको छ । निर्यात ६५ प्रतिशतले वृद्धि भएको उनले बताए । निर्यात हालसम्मकै उच्च हो । 

आव २०७८/७९ मा प्लाइउड, टर्पेन्टाइन तेल, सुगन्ध तेल, तोरीको तेल, सुगन्ध कोकिला मार्क, काठका भाँडा, काठको कचौरा, टोकरी, हड्डी र सिङ, रोजिन र काठले बनेका सामग्रीको निर्यात बढेको पौडेलले जानकारी दिए। गत आवमा १४ करोड ८० लाख ४५ हजारको प्लाइउड निर्यात भएको थियो । यसैगरी पाँच करोड ६२ लाखको टर्पेन्टाइन तेल तथा तीन करोड ६६ लाखको सुगन्ध कोकिला तेल भारततर्फ निर्यात गरिएको प्रमुख पौडेलले बताए  ।

भन्सार नाकाबाट सबैभन्दा धेरै निर्यात हुनेमा प्लाइउड र रोजिन छ । गत आवमा २६ करोड २३ लाख ५४ हजारको रोजिन निर्यात भएको थियो । यो अघिल्लो आवभन्दा आठ करोड ५३ लाख ५९ हजार बढी हो । कार्यालयबाट गत आवमा २६ अर्ब ८१ करोड ३८ लाख ९४ हजारको सामग्री आयात भएको थियो । आव २०७७-७८ मा २४ अर्ब ४९ करोड नौ लाख नौ हजारको आयात भएको थियो । सबैभन्दा धेरै आयात हुनेमा चामल र फलफूल छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ०५ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको