भोलि बेलुकासम्ममा सिट बाँडफाँट टुंगिन्छ : झलनाथ खनाल « Khabarhub

भोलि बेलुकासम्ममा सिट बाँडफाँट टुंगिन्छ : झलनाथ खनाल


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ ।

निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् । मंगलबार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँडफाँट टुंगोमा पुग्न लागेको दाबी गरेका छन् । सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्ममा सिट बाँडफाँट टुंग्याउने दाबी गरेका हुन् ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिसम्ममा सिट बाँडफाँट टुग्याउने दाबी गरे । उनले भने ‘छलफल जारी छ । भोलिसम्म टुंग्याउने भन्ने सहमति भएको छ’ उनले भने ।

१ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको र केही क्षेत्रमा दुई र केहीमा तीन दलले दाबी गरिरहेकोले त्यसबारे छलफल केन्द्रीत भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : २६ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु