जुम्लामा सुपथ मूल्य पसल सञ्चालन | Khabarhub Khabarhub

जुम्लामा सुपथ मूल्य पसल सञ्चालन


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला- नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला यही शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ ।

दसैँका लागि प्रतिकिलो रु सात कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए । नयाँ दररेटमा आगामी कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने छ । उनले भने, ‘आइतबार मात्रै सहुलियत पसलबाट चार सय नागरिकले चामल लिएका छन् । खाद्यान्नमा छुट पाएपछि यहाँका नागरिकलाई राहत पुगेको छ । छ प्रकारका चामल र तीन प्रकारको दालमा छुट दिएका छौँ ।’

प्रमुख विष्टका अनुसार सहुलियत पसल सञ्चालनका लागि एक हजार दुई सय क्विन्टल चामल स्वीकृत भएको छ । बास्तमती चामल, अरुवा मोटो चामल, अरुवा मध्यम चामल, सोना मन्सुली चामल, स्टिम जिरा मसिनो चामल र मकवानपुर चामल तथा मासको दाल, अरहरको दाल र मुसुरोको दालमा छुट दिइएको छ ।

नजिकिँदै गरेको दसैँमा जुम्लामा खाद्यान्न अभाव नहुने भएको छ । चालु आवमा जुम्लाका लागि छ हजार क्विन्टल चामल स्वीकृत भएको छ । हालसम्म एक हजार २० क्विन्टल चामलज ढुवानी भइसकेको विष्टले जानकारी दिए । दसैँ तिहारका लागि मात्रै नौ सय ७० क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ५२ बजे

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको