भारतमा नक्कली कम्पनी खडा गरी ठगी गर्ने पक्राउ « Khabarhub

भारतमा नक्कली कम्पनी खडा गरी ठगी गर्ने पक्राउ


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली कम्पनी खडा गरी ठगी गरेको आरोपमा भारतमा एकजना पक्राउ परेका छन् । नक्कली कम्पनी खडा गरेको र मानिसहरुलाई ती कम्पनीमा उच्च तहको पद दिएर ठगी गरेको आरोपमा डोत्र्से नाम गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

राजधानी दिल्लीबाट भागेर पूर्वी बिहार राज्यमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका हुन् । पक्राउ पर्ने बेला उनी त्यहाँबाट सडकमार्गबाट भाग्ने तयारीमा रहेको भारतीय अधिकारीको भनाइ छ ।

पक्राउ परेपछि डोत्र्सेले आफू भारतको हिमाचल प्रदेशस्थित मन्डीको बासिन्दा भएको बयान दिएको बताइएको छ ।

चीनमा आधारित जिलियान हङकङ लिमिटेड नामक कम्पनीको भारतको गुणग्राममा रहेको शाखा जिलियान कन्सलेन्ट्स इन्डिया प्राइभेट लिमिटेड नामक कम्पनी, बैङलौरस्थित फिनिन्टी प्राइभेट लिमिटेड, हैदरावादस्थित हुसीज कन्सल्टिङ लिमिटेडजस्ता कम्पनीमा छामा मार्ने क्रममा उनको पहिचान भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : २१ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने