पाकिस्तानले फलफूलको निर्यातमा राजश्व बढाएपछि अफगान व्यापारी चिन्तित « Khabarhub

पाकिस्तानले फलफूलको निर्यातमा राजश्व बढाएपछि अफगान व्यापारी चिन्तित


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानले ताजा फलफूलको निर्यातमा राजश्व बढाएको भन्दै उत्तरी छिमेकी मुलुक अफगानिस्तानका व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । हरेक निर्यात सिजनमा पाकिस्तानी पक्षले ताजा फलफूलको निर्यातमा लाग्दै आएको राजश्व बढाउने गरेको अफगान व्यापारीको आरोप छ ।

पाकिस्तानले यस्तै गरिरहे व्यापार गर्नै मुश्कील पर्ने अफगान व्यापारीहरुलाई उद्धृत गर्दै अफगानिस्तानको टेलिभिजन च्यानल टोलो न्युजले जनाएको छ ।

पाकिस्तानले स्याउको राजश्व १२ हजार रहेकोमा अहिले त्यो बढाएर ४० देखि ५० हजार पुर्‍याएको अफगान व्यापारी मोहम्मद उल्लाहले टोलो न्यूजलाई बताए ।

अफगानिस्तानको फलफूल तथा तरकारी व्यापारिक युनियनले पाकिस्तानले केही निश्चित तरकारीमा कुनै राजश्व नबढाएको भएपनि ताजा फलफूलमा भने राजश्व बढाएको जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ४२ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन