मु्टु रोगपछिको ठूलो समस्या बन्दैछ ओस्टियोपोसिस | Khabarhub Khabarhub

विश्व ओस्टियोपोसिस दिवस

मु्टु रोगपछिको ठूलो समस्या बन्दैछ ओस्टियोपोसिस

विश्वभरका २० करोड मानिसहरुमा हड्डी खिइने समस्या



काठमाडौँ – आज विश्व ओस्टियोपोरासिस दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ। हड्डी एकदमै कमजोर हुँदै मक्किने अर्थात् ओस्टियोपोरोसिस रोग हुन्छ। उमेर बढ्दै जाँदा वृद्ध अवस्थामा हड्डी खिइने समस्या देखिँदै जान्छ। यसलाई ‘ओस्टियोपोरोसिस’ भनिन्छ।

पुरुषको तुलनामा महिलाहरू यो समस्याबाट धेरै पीडित हुन्छन्। अन्तर्राष्ट्रिय तथ्याङ्कहरू अनुसार विश्वभरमा २० करोड महिलाहरूमा यो समस्या देखिएको छ। नेपालमा पनि पुरुषको तुलनामा महिलामा धेरै देखिने गरेको छ।

अति व्यस्त र तनावपूर्ण जीवनशैलीले स्वास्थ्य समस्यालाई जन्म दिइरहेको हुन्छ। त्यसमध्ये आस्टियो पोरोसिस पनि एक हो। समयक्रमसँगै सबै कुराको विकास हुन्छ भने शरीरका हड्डीहरू भने उमेर थपिँदै बुढेसकाल जाँदा खिइँदै जान्छ भन्छन्, अर्थेपेडीक सर्जन डाक्टर दमन कुमार झा।

यस्तो अवस्थामा हाच्छ्युँ गर्दा सामान उचाल्दा पनि हड्डीहरु भाँचिने सम्भावना हुन्छ। वृद्ध वृद्धा कुप्रिएको हामी देख्छौँ, जुन सामान्य होइन। हड्डी ओस्टियोपोरोसिस भएपछि बिस्तारै भाँचियो र त्यसको उपचार समयमा नभएपछि ढाड कुप्रिँदै जाने, शरीरको उचाइ घट्दै जान्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोग पश्चात विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य समस्या हो, ओस्टियोपोसिस। तर, यो रोगको विषयमा कमै मानिसहरुलाई मात्र जानकारी छ। सामान्य अर्थमा ओेस्टियोपोसिस भनेको शरीरको हड्डी कमजोर हुनु हो। यसले हड्डीलाई यति कमजोर बनाइदिन्छ कि साधारण चोटपटकले पनि भाँच्चिन सक्छ। ओस्टियोपोरोसिस भएमा कुहिना, नाडी वा ढाडको हड्डी भाँचिने गर्छ। साधारण गतिविधिका क्रममा समेत यी भागका हड्डी भाँच्चिन सक्छन्।

ओस्टियोपोरोसिसले महिला वा पुरुष भन्दैन। तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्यधिक हुने गर्छ। नेपालमा यस रोगबाट ग्रसित मानिसहरुको यकिन तथ्यांक छैन। तर ४० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या धेरै हुने गरेको छ। उमेर ढल्किँदै गएपछि अधिकांश मानिसमा देखिने एउटा समस्या हो– हड्डी खिइने डाक्टर झाले बताएका छन्।

कतिपयको त लड्नेबित्तिकै हड्डी ठनक्कै भाँचिने हुन्छ। यस्ता समस्याबाट युवापुस्ताकै मानिसहरू पनि पीडित हुन थालेका छन्। मदिरा पिउने, धूम्रपान गर्नेहरूको बुढेसकालमा हड्डी कमजोर हुन्छ। यसरी हड्डी कमजोर भएपछि सामान्य ढंगले लड्दा पनि हड्डी भाँचिन सक्छ। सामान्य शारीरिक काम गर्दा, सामान उचाल्दा, शौचालयमा बसेर उठ्दा पनि हातको सपोर्ट लिन खोज्दा भाँचिने डर हुन्छ। कतिसम्म भने हाच्छ्युँ गर्दा पनि हिपको हड्डी भाँचिन सक्ने चिकित्सकले बताएका छन्।

जोर्नी खिइने समस्या शरीरका जुनसुकै अंगमा पनि हुन सक्छ। तर, धेरै जसो घुँडा र कम्मरको हड्डी खिइने हो। आजकाल भने ढाडका हड्डी खिइने समस्या पनि उत्तिकै रहेको छ। ओस्टियोपोरिसको अवस्था अथवा यसका कारणले हुने फ्राजिलिटी फ्याक्चरको संख्या विश्वमै भयावह छ।

त्यसैले विश्व स्वास्थ्य संघ तथा अन्तर्राष्ट्रिय ओस्टियोपोरिस फाउन्डेसनले यसलाई एक बृहत् जनस्वास्थ्य समस्याको रुपमा लिएको छ। विश्व जनसंख्यामै औसत आयु बढेकोले ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो छ।

नेपालमा पनि हालको तथ्यांकले नागरिकको औसत आयु बढेको देखिएको छ। विकसित देशमा महिनावारी सुक्नेको औसद आयु ४९–५१ वर्ष हो भने नेपाली महिलाको महिनावारी सुक्ने (मेनोपाउस) औसत आयु ४५ वर्ष हो। तसर्थ नेपालमा महिनावारी बन्द भएका (पोस्ट मेनो पाउजल) महिलाहरुको संख्या पनि उही रहेको छ।

महिनावारी र हाड मक्किनु अर्थात् ओस्टियोपोरोसिससँग सम्बन्ध गहिरो छ। कुनै पनि वयस्क महिलाको महिनावारी बन्द हुनु भनेको सामान्य प्राकृतिक कुरा हो। अब सन्तानोत्पादन गर्नु नपर्ने उमेरका साथै शारीरिक परिवर्तनका लागि नारीको डिम्वासय (ओभरी)बाट रसाएर बन्ने हर्मोन (इस्ट्रोजेन र प्रोजेस्ट्रोन) को मात्रा कम हुन्छ।

इस्ट्रोजेन हर्मोनको मुख्य काम नारीहरुको प्रजनन अंगको विकास र सञ्चालन गराउनु हो। यसका साथै इस्ट्रोजेनले अस्थिपञ्जर हाडलाई पनि बचाएर राखेको हुन्छ। यसले हाडको विस्थापन (ओस्टियोक्लास्टिक एक्टिभिटी) लाई कम तथा प्रतिस्थापन (ओस्टियोब्लास्टिक एक्टिभिटी) लाई बढावा दिने हुँदा हाड मक्किन (ओस्टियोपोरोसिस) दिँदैन। त्यसैले नारीहरुको शरीरमा इष्ट्रोजेनको मात्रा र हाड मक्किनुको (ओस्टियोपोरोसिस) सोझो सम्बन्ध छ।

उपचारको पाटो
ओस्टियोपोरोसिसका कारणले हाड भाँचिएर त्यसको उपचार गर्नु भन्दा ओस्टियोपोरोसिस हुन नदिनु उचित हुन्छ। माथि उल्लेख गरेअनुसार परिस्थिति बदल्न सकिने कुरामा ख्याल गरी सही जीवनशैली, सन्तुलित आहार, रोगहरुको समयमै पहिचान गरी त्यसको सही उपचार गर्न सके धेरै हदमा ओस्टियोपोरोसिसबाट छुटकारा पाउन सकिन्छ।

उमेरसँगै क्याल्सियम र मिटामिन डी बढी पाइने आहार (दूध, दही, सागसब्जी, अण्डा, माछा मासु, गेडागुडी आदि) खानु पर्दछ। ओस्टियोपोरोसिस कम गर्न खानुपर्ने तथा कम खानुपर्ने खाद्य पदार्थ यस प्रकार छन्।

बढी खानु पर्ने कुराहरु
१) दूध, दही, चिज, छुर्पी
२) माछा (हाडसहितका)
३) फलफूल
४) हरियो सागपात, खुर्सानी
५) गेडागुडी ओक्सलेट
६) ओलिभको तेल, भटमासको तेल, माछाको तेल, बीउहरुको तेल
७) प्रोटिन

विचार पुर्‍याएर खानु पर्ने
१) हरियो सागपात, चुकन्दर, गेडागुडीहरु
२) गहुँ, मैदा ओक्सलेट र साइटाटेट्सले खानेकुरामा भएको क्याल्सियमलाई आन्द्राबाट सोस्न दिँदैन। उदाहरणका लागि गहुँको रोटीसँग दूध वा दही खाएमा यसमा भएको क्याल्सियम शरीरले प्राप्त गर्न पाउँदैन।)
३) कफी र चियामा हुने कफिनले पनि आन्द्राबाट क्याल्सियम र फोस्फोरस सोस्न दिँदैन।
दैनिक खानामा अपुग भएमा फूड सप्लिमेन्टका कारण क्याल्सियम, भिटामिन डी तथा अन्य खनिज पदार्थहरु खानामा मिसाएर सेवन गर्न सकिन्छ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १० : १० बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि