महाधिवेशनको रणनीति बनाउँदै ओली, निकट नेताहरूसँग निरन्तर संवाद « Khabarhub

महाधिवेशनको रणनीति बनाउँदै ओली, निकट नेताहरूसँग निरन्तर संवाद


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशन यही मङ्सिर २७ गतेदेखि काठमाडौँमा हुने निधो भएको अवस्थामा स्पष्ट दुई पंक्ति देखिएको छ।

महाधिवेशनमा तेस्रोपटक अध्यक्षको सिट सुरक्षित गर्न लागेका केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूलाई बोलाएर छलफल गरिरहेका छन्।

ओलीनिकट एकजना नेताका अनुसार भक्तपुरको गुन्डुमा बोलाएर उनले आफूनिकट नेताहरूसँग छलफल गरेर महाधिवेशनका लागि तयार रहन आग्रह गरेका छन्।

स्रोतका अनुसार ओलीले केही युवा नेतालाई पनि यस पटक आफ्नो टिममा राखेर पदाधिकारीमा उठाउने योजना बनाउँदैछन् ।

त्यसका लागि उनले पूर्वसांसद महेश बस्नेत, पूर्वसचेतक महेश बर्तौला लगायतलाई खटाएका छन् । भर्खरै एमालेमा फर्किएकी रामकुमारी झाँक्री लगायतका नेताहरू पनि यस पटक पदाधिकारीमा उठ्नेछन् ।

एमाले स्रोतका अनुसार पार्टी उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमालले ओलीको टीमलाई लिएर बाक्लो छलफल गरिरहेका छन् ।

‘अहिले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालले ओलीको टीमको तयारी गर्नु भएको छ’, ती नेताले खबरहबलाई भने, ‘पदाधिकारीमा मात्रै निर्वाचन हुने भए, त्यहीअनुसारको टीम बन्छ, तल निर्वाचन नहुन सक्छ।’

तीन नेताका अनुसार ईश्वर पोखरेल र केपी ओली समूहले पदाधिकारीमा मात्रै निर्वाचन गराएर केन्द्रीय सदस्यमा सर्वसम्मत नेतृत्व ल्याउन सक्ने सम्भावना पनि छ।

मंसिर २७ गतेदेखि हुने महाधिवेशनमा पहिला केन्द्रीय कमिटीको टुङ्गो लगाएर पदाधिकारीबारे निर्णय गर्ने तयारी छ ।

पार्टीको एघारौँ महाधिवेशनमा यो पटक ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिस्पर्धा हुने करिब टुंगो भएको एमाले नेताहरू बताउँछन् । पोखरेलले यही ८ गते उम्मेदवारी घोषणा गर्दैछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : २७ बजे

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०