दिपावलीको अवसर पारेर माटोका भाँडा किन्नेको भीड « Khabarhub

दिपावलीको अवसर पारेर माटोका भाँडा किन्नेको भीड


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको राजविराजस्थित हटियामा लक्ष्मीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा  माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दछ । लक्ष्मी पूजा नजिकिएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री  किन्नेको चहलपहलसमेत बढेको देखिन्छ ।

कुमाल जातीले बनाउने माटोका मूर्ति, सरसामान अति नै शुद्ध हुने भएकाले यसको बिक्रीवितरणमा वृद्धि भएको जनाइएको छ । पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले  माटोका भाँडा लक्ष्मीपूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढेको कुमाल रामकुमार पण्डितले बताए । 

चाडपर्व निजिकिँदै गर्दा ठाउँ/ठाउँमा माटोको भाँडा, फलफूल, विभिन्न मूर्तिका सामान र माटोको भाँडामा ढकनी, दीप, घैंटो  लगायतका खरिदबिक्री भइरहेको व्यापारी बताउँछन् । साथै नयाँ भाँडा चोखो भएको हुनाले पनि त्यसको पनि बिक्री भइरहेको छ ।

जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइन् लगायतका विभिन्न ग्रामीण भेगका बजारमा पनि सुनदेखि नून सम्मको सामान मानिस किनमेल गरिरहेको पाइएको छ । यही कात्तिक ७ गते सोमबार हुने दिपावलीका लागि सजावटको समानसहित दिप, मैनवती अगरबत्ती, लड्डू र प्रसादका समानसमेत खरिदबिक्री बढेको सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–१ भारदहका मिठाई व्यवसायी जुगेश्वर साहले बताए

। शनिबारदेखि सुरु हुने हिन्दूकाे चाडपर्व तिहारको लक्ष्मीपुजा (दिपावली) गाईपूजा, भरदुतीया,  सूर्य देवतालाई अर्घ दिएर पूजा गरी तराई–मधेसका जिल्लामा छठपर्व मनाइने गरिन्छ । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  २ : २३ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय