निर्वाचन आयोगद्वारा माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार « Khabarhub

निर्वाचन आयोगद्वारा माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्नुका साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । 

आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो । 

रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ । 

सोहीअनुसार आयोगले कारबाही प्रक्रिया अगाडि बढाउन पनि रौतहट प्रहरीलाई पत्राचार गरेको हो । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ३ : १५ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको